logo

बीरगंजमा सर्वपक्षीय बैठक सम्पन्न सैयौं वर्षदेखीको जनताबीचको सु -सम्बन्धलाई बिखण्डन प्रयास असफल पार्न अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ८ गते ०७: ३५ मा प्रकाशित     638   पटक पढिएको

बीरगंज । बीरगंजमा सम्पन्न सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सदभाव कायम राख्न आम नागरिकलाई अपिल गरेको छ ।

 

बैठकले सैयौं वर्ष देखि कायम रहोको जातजाती, भाषा, धर्म, समुदाय सम्प्रदाय वीचको एकतालाईअझ मजबुत गराई नेपाली जनताबीचको सु सम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्नेजुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामुहिक प्रतिबद्धता गरेको छ।

आ आफना धार्मिक आसथाका केन्द्र तथा स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने कुरामा सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।

 

कसैले यस्तो गतिविधि गरेका प्रचलीत कानून अनुसरा कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गर्ने सहमती पनि बैठकले कायम गरेको छ ।


बैठकले जिल्ला भित्र डिजे वजाउने र चकों माइक वजाउने कार्य रोक्ले, लाठी,भाला, राके जलुश निकाल्ने क्रियाकलाप गर्ने बिरुद्ध कानून बमोजिम कारबाही गर्न प्रशासनलाई अनुरोध गर्ने र यो अभियानमा सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

 

बैठकले जिल्लाको शान्ति सुरक्ष र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक सामाजिक,सास्कृतिक सदभाव विगार्ने एवं द्वण्द्व उक्साउने प्रकारका अवान्तछीत गतिबिधिहरु,धार्मिक सम्प्रदायिक र्याली, जुलुश,बन्द हड़ताल लगायतका कुनै पनि गतिबिधिहरु कुनैपनि संध, संस्था एवं समुदायले नगर्ने सहमती कायम गरेको छ ।

 

यसमा सर्बे राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संध, संस्था एवं सरोकारवालाले सहयोग गर्ने र सामाजिक संजालमा कुनै पनि जात, धर्म बा समुदाय लक्षित गरी नकारात्मक कुराहरू पोष्टगर्ने गराउने उपर प्रशासनवाट कानून बमोजिम क़ड़ा कारवाही गर्ने आजको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।


बैठकमा प्रतिनिधि सभाका सदस्य प्रदीप यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा,जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एसका अध्यक्ष बालगोपाल थापा, बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बाबुजान अली ओमप्रकाश सर्राफ प्रमुख जिल्ला अधिकारी सहित स्थानीय प्रशासनका अधिकारीहरुलगायत सराकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.