logo

मधेशमा,स्थानीय सेवाको गठन, तथा सञ्चालन ऐन २०८१ राजपत्रमा प्रकाशीत,कर्मचारीको वृत्ति विकास र नागरिक सेवा प्रवाह सहज हुने

 इसीमाना सम्बाददाता      २०८१ भदौ १८ गते १७: ०० मा प्रकाशित     1001   पटक पढिएको

बीरगंज । मधेश प्रदेश सरकारले स्थानीय सेवा ऐन गृह तथा संचार मंत्रालयले राजपत्रमा प्रकाशित गरेको छ । ऐन राजपत्रमा प्रकाशीत भएपछि कार्यान्वयनमा आउने भएको छ ।

 

स्थानीय सेवाको गठन, तथा सञ्चालन ऐन २०८१ भदौ ५ गते प्रदेश प्रमुखले प्रमाण्ीकरण गरेपछि मधेश प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशन गरेको गृह तथा संचारमंत्री राजकुमार लेखीले बताए ।

 

स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र नागरिक सेवा प्रवाहसँग सम्बन्धित रहेर स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा ऐनमा प्रवन्ध गरिएको छ ।

 

नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुने भनिएको छ ।सोही अनुरुप मधेश प्रदेश सरकारले प्रदेशभित्रका

 

स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी समेतको व्यवस्था गरी स्थानीय सेवालाई सक्षम, सुदृढ, उत्तरदायी, व्यावसायिक, निष्पक्ष र प्रभावकारी बनाउन कानून बनाएको गृह तथा संचारमंत्री लेखीले बताए ।

 

कर्मचारी प्रशासनलाई चुस्त बनाउनदेखि स्थानीय तहमा रहने सेवा गठनलाई सुनिश्चित गर्नका लागि ऐन ल्याइएको बताइएको छ ।

 

ऐनले स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति रहने तह ,पदनाम , कर्मचारी कार्य विवरण र कार्यसम्पादन मार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने छ ।

 

अब मधेश प्रदेशका सबै स्थानीस्य तहले आवश्यक जनशक्तिको दरबन्दी सिर्जना गर्न सक्नेछन् भने गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा बढ्ने छ । यो ऐन आएसंगै स्थानीय तहमा बेथितिका रूपमा रहेको कानुन विपरीतका पदपूर्तिमा रोक समेत लाग्ने छ ।


ऐनको परिच्छेद २ मा स्थानीय सेवाको गठन सम्बन्धी ब्यवस्था छ । तह र पदनाम ,कार्यबिवरण र कार्य सम्पादन सम्झौता सम्बन्धी पनि प्रवन्ध रहेको छ ।

 

स्थानीय सेवाको गठन गर्दा स्थानीय इन्जिनियरिङ, कानुन, कृषि, प्रशासन, बन,विविध, शिक्षा तथा स्वास्थ्य सेवा रहनेछन् ।

 

  परिच्छेद–३ मा स्थानीय सेवाको संगठन संरचना तथा पदपूर्ती सम्बन्धी प्रवन्ध छ । उक्त कार्य गर्दा सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने छ ।

दरबन्दी सिर्जना, पुनरावलोकन वा हेरफेर गर्नुपर्ने देखिएमा कारण र औचित्य खुलाइ कार्यपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।


स्थानीय सेवा लाई समावेशी बनाउन आरक्षणको प्रवन्ध ऐनले गरेको छ । खुला प्रतियोगितात्मक परिक्षाद्वारा पूर्ती हुने संख्या मध्य ४९ प्रतिशतलाई आरक्षीत गरिएको छ ।

 

त्यही ४९ प्रतिशतलाई सत प्रतिशत मानी त्यसमा ५४ प्रतिशत मधेशी, १८ प्रतिशत दलीत, १२ प्रतिशत मुस्लिम,५ प्रतिहत थारु ६ प्रतिशत आदीवासी ४ प्रतिशत आर्थिक रुपले बिपन्न खस आर्या र २ प्रतिशत अपाङ्गकालागि सिट आरक्षीत गरिएको छ ।


ऐनको दफा ८ को उपदफा १६ मा “यो ऐन प्रारम्भ भएपछि सवारी चालक ,प्लम्बर, कार्यालय सहयोगी , चौकीदार, इलेक्ट्रेशियन , माली सरसफाई गर्ने कर्मचारी वा यस्तै प्रकृतिका काम गर्नकालागि कर्मचारीको स्थायी रुपमा पदपूर्ती गरिने छैन भनी उल्लेख छ ।

 

धारा ८ को उपदफा १७ मा कम्युटर अपरेटर र उपदफा १६ मा उल्लेख गरिएका पदहरुकालागि स्वीकृत दरबन्दी भित्र रही सिधै ब्यक्तिसंग करार सम्झौता गरि दैनीक ज्यालादारीमा काममा लगाउनु पर्छ ।

 

यसरी काममा लगाइएकालागि हुने खर्च सथानीय तहको आन्तरिक आम्दानीबाट ब्यहोर्नु पर्ने उपदफा १८ मा लेखिएको छ ।

 

स्थानीय तहले प्रदेश लोकसेवका आयोगको सिफारिशमा मात्र कर्मचारीको नियुक्ति गर्नु पर्ने प्रवन्ध ऐनले गरेको छ ।

 

स्थानीय तहले कर्मचारीको माँग गर्नु परेमा प्रदेश लोकसेवा आयोग र मंत्रालयमा लेखी पठाउनु पर्ने छ ।

 

यसो गर्दा आर्थिक वर्षमा अनिवार्य अवकाश हुने पदको बिषयमा पनि यकिन गरि माँग गर्नु पर्ने छ ।

 

ऐनमा ब्यवस्था भएदेखी बाहेक अन्य तरिकाबाट कर्मचारीको नियुक्ति गर्न पाइने छैन ।

 

गरेको भए नियुक्ति खारेजी र उसले खाएको तलब सुविधा नियुक्ति दिने अधिकारीबाट असुल उपर गर्ने प्रवन्ध ऐनको दफा १२ को उपदफा १ र २ मा गरिएको छ ।

 

दफा ८ को १७ बाहेकको पदमा करारमा कर्मचारी भर्ना गर्न नपाइने दफा १४ ले ब्यवस्था गरेको छ ।

 

ऐन नवनियुक्त कर्मचारीको परीक्षण कालको व्यवस्था गरिएको छ । स्थानीय सेवाको पदमा खुला प्रतियोगिताद्वारा नियुक्ति हुने महिला कर्मचारीको हकमा ६ महिना र पुरुष कर्मचारीको हकमा एक वर्ष परीक्षणकाल रहने गरी नियुक्ति गरिनेछ ।’

 

यदि परीक्षणकालमा कर्मचारीको काम सन्तोषजनक नभएमा नियुक्ति बदर गर्न सकिने व्यवस्था ऐनमा गरिएको छ ।

 

यद्यपि सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा एक पटक परीक्षणकाल पूरा गरेको कर्मचारीलाई पुनः परीक्षणकालमा नराखिने उल्लेख छ ।

 

स्थानयि सेवाकोलागि योग्यताको व्यवस्था गरिएको छ । जसमा स्थानीय सेवाको सहायकस्तरको पदमा अठार वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

 

यस्तै अधिकृतस्तरको पदमा २१ वर्ष पूरा भएको हुनुपर्ने छ । पुरुष उम्मेदवारको हकमा ३५ र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

 

यद्यपि सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रहेका स्थायी कर्मचारीहरूको हकमा उमेर हद लाग्ने छैन ।

 

तोकिए बमोजिम शैक्षिक योग्यता, सङ्घीय निजामती, प्रदेश निजामती र स्थानीय सेवाको समान तहको पदमा कार्यरत नरहेको हुनुपर्ने प्रावधान पनि विधेयकमा छ ।

 


विधेयकको परिच्छेद–४ मा सरुवा र काजको व्यवस्था गरिएको छ । आफनौ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतले सरुवा गर्ने र अन्तर स्थानीय तहमा भने मंत्रालयले सरुवा गर्ने ब्यवस्था छ ।

 

ऐनमा पद अनुसारको शैक्षीक योग्यता, कर्मचारी बढुवा सम्बन्धी योग्यता,कार्यसम्पादन मूल्याकंन, बढुवा समितिको ब्यवस्था,सेवा समुह वा उपसमुह परिर्वतन सम्बन्धी ब्यवस्था,जीवन बिमा, संचय

 

कोष,पोशाक सुविधा, चाडपर्व खर्च ,उपचार खर्च , बिशेष आर्थिक सुविधा, थप आर्थिक सहायता,स्वेच्छिक अवकाश,निबृत्तभरण, तालिम अध्ययन र छात्रबृति ,अध्ययन भ्रमण जस्ता बिषयहरु पनि ऐनले प्रबन्ध गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.