logo

मधेशका पूर्वमुख्यमन्त्री यादवको कार्यकालमा  गरिएको सबै सरुवा–काज निर्णय बर्तमान मुख्यमन्त्री यादव क्याविनेटबाट बदर

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २१ गते ०७: ३९ मा प्रकाशित     395   पटक पढिएको

जनकपुर। मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वका मन्त्रिपरिषद् बैठकहरूले गरेका सबै सरुवा, काज सरुवा तथा जिम्मेवारी हेरफेरसम्बन्धी निर्णयहरू बदर गरिएको छ।

 

मुख्यमन्त्री कृष्ण यादव नेतृत्वमा गठन भएको नयाँ मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०८२ कार्तिक २३ देखि २०८२ मंसीर १७ गते सम्म बसेका मन्त्रिपरिषद् बैठकहरूले गरेका कर्मचारी सरुवा, काज, जिम्मेवारी हेरफेर तथा थप जिम्मेवारी तोक्ने सबै निर्णय रद्द गर्ने निर्णय गरेको हो।

 

यससँगै २०८२ कार्तिक २३ मा गठित तत्कालीन मन्त्रिपरिषद्को कार्यकालभर विभिन्न मन्त्रालयहरू तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भएका सबै सरुवा–काजसम्बन्धी निर्णयहरू पनि बदर गरिएका छन्।

 

मन्त्रिपरिषद्को अर्को निर्णयअनुसार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिव को जिम्मेवारी दिइने भएको छ।

 

यसबाहेक सरकारले क्यान्सर, मुटुरोग, मिर्गौला रोगजस्ता गम्भीर बिरामीलाई प्रदान गर्दै आएको औषधोपचार आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता दिँदै तत्काल सुचारु गर्ने निर्णय गरेको छ। आवश्यक बजेट अपुग भएमा प्रदेश अर्थ मन्त्रालयले अतिरिक्त स्रोत उपलब्ध गराउनेछ।

 

प्रदेश बाढी, डुबान, आगलागी र शीतलहरजस्ता विपद्को उच्च जोखिममा रहेको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, खोज–उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन गृह, सञ्चार तथा कानून मन्त्रालयलाई सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालासँग समन्वय गरी कार्य अघि बढाउन निर्देशन दिइएको छ।

 

त्यस्तै, प्रदेश सरकारको कार्यक्षमता बढाउन आवश्यक नयाँ कानूनहरूको मस्यौदा शीघ्र तयार गर्न तथा विद्यमान कानूनहरूमा आवश्यक परे संशोधन प्रक्रिया त्वरित रूपमा अघि बढाउन सबै मन्त्रालय र निकायहरूलाई मन्त्रालयपरिषद्ले निर्देशन दिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.