कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुटेका छन । कास्की जिल्ला अदालतले लामिछाने र जाशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनीहरुलाइ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
आदेश पछि (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । अदालतले लामिछानेलाई ६५ लाख धरौटी माँग गरेको छ । जिल्ला अदालत कास्कीले जोशीलाई भने ८८ लाख रुपैँया धरौटीमा छोड्न आदेश दिएको हो ।
तपाईको प्रतिक्रिया