logo

राम्रो भवनमा उपचार गर्न पाउँ भन्दै सेता मान्छेहरु सडकमा,न्याय सम्पादन गर्ने निकायलाई पनि सांकेतीक ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ माघ १८ गते ०३: ५६ मा प्रकाशित     308   पटक पढिएको

वीरगञ्ज । बीरगंजको नारायणी अस्पतालका चिकित्सक कर्मचारीहरुले पाँच मिनेट त्रिभूवन राजपथको अस्पताल अगाडिको सडक खण्ड जाम गरेका छन । 


उनीहरुले नारायणी अस्पतालको भवन निर्माणको वतावरण बनाउन पेशागत ड्रेस सहित सडक जाम गरेका हुन । चिकित्सकहरुले उपचार गर्ने भवन आवश्यक भएको भन्दै सडक धर्नामा उत्रिनु परेको बताएका छन ।

चिकित्सक कर्मचारीहरुको यो प्रर्दशनले  नारायणी अस्पतालको टेण्डर बिषयमा अदालतमा रहेको मुद्धाका बिषयमा पनि न्याय सम्पादन गर्ने निकायको ध्यानाकर्षण गराएको छ ।

ढिलो न्याय पनि अन्याय हो भन्ने स्थापित मान्यतालाई चिकित्सक कर्मचारीहरुको सडक जामले स्मरण गराएको छ । 

नारायणी अस्पताल मधेश प्रदेशमा संघीय सरकारले घोषणा गरेको एक मात्र केन्द्रीय अस्पताल हो ।

 टरसरी अस्पतालको रुपमा बिकास गर्ने उद्धेश्य अनुरुप ५०० शैयाको भवन निर्माणको लागि टेण्डर आह्वान भएपनि अहिले उक्त टेण्डरको विरुद्धमा अदालतमा मुद्दा परेपछि रोकिएको छ । 

त्यसैले नारायणी अस्पतालका चिकित्सकहरु भवन निर्माणको दबाव दिन संघर्ष समिति नै बनाएर धर्नामा बसेका हुन् । संघर्ष समितिले शुक्रबार विहान ११ बजेदेखि अस्पताल अगाडि सडकमै धर्नामा बसेका छन् ।

 अस्पतालको भवन निर्माणको लागि टेण्डर भएपनि अहिले उक्त टेण्डरमा कानूनी उल्झन आएको र निर्माणमा ढिलाई भएकोले चिकित्कस, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत स्थानीयहरु सहित सडकमा ओलिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले जानकारी दिए ।

नारायणी अस्पतालको भौतीक संरचना निर्माणमा  बीरगंजका दाताहरुको योगदान छ ।  सरकारी र विकास समिति तर्फबाट ३०० शैय्यामा सञ्चालन भईरहेको छ ।

 प्रजातान्त्रिक, लोकतान्त्रिक र संघीय गणतान्त्रिक सरकारले एउटा पनि भौतिक संरचना अहिलेसम्म नबनाएको र वीरगञ्ज शहरका महान दाताहरूले बनाइदिएको पूरानो भौतिक संरचनाको भरमा अस्पतालले सेवा दिँदै आएको तितो यथार्थ रहेको संघर्ष समितिका संयोजक डा.सिंह बताउछन्।

आर्थिक वर्ष २०७४÷७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रत्येक प्रदेशमा ५०० शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुरूप मधेस प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालको भवन अनुमानित लागत १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रूपैयाँमा टेन्डर प्रक्रिया अगाडि बढेर एकमात्र बोलपत्रदाता एनडीई भिसीपीआईएसएस ललितपुर पुल्चोक ले टेन्डर पाएको थियो।

 बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र टेन्डर कम्पनीको विवाद अदालतको न्यायिक निरुपणको प्रक्रियामा रहेको छ। अस्पतालको जीर्ण भवनले गर्दा यस क्षेत्रको जनताले निकै दुःख खेप्नु परेको छ ।

यस अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो क्षमता अनुरुप पनि गरिब निमुखा जनतालाई सेवा दिन नसकेको तिथो यथार्थ तथा बाध्य भएर अरु सहरहरूमा बिरामी रेफर गर्नुपर्ने बाध्यकारी अवस्था रहेको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका संघर्ष समितिका संयोजक डा।सिंह बताउछन् ।

बारा पर्सा रौतहट सर्लाही तथा छिमेकी राष्ट्र भारतको गरिब जनताहरूको पनि आस्थाको केन्द्र रहेको यस यस अस्पतालले झण्डै ३० लाखभन्दा बढी नेपाली जनसङ्ख्यालाई सेवा दिँदै आएको गौरवशाली इतिहास छ। नाराणी अस्पतालको समस्याको विषयमा पर्साका सांसदहरूले संसदमा पनि जोडदार माग उठाएकै हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.