logo

राम्रो भवनमा उपचार गर्न पाउँ भन्दै सेता मान्छेहरु सडकमा,न्याय सम्पादन गर्ने निकायलाई पनि सांकेतीक ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ माघ १८ गते ०३: ५६ मा प्रकाशित     437   पटक पढिएको

वीरगञ्ज । बीरगंजको नारायणी अस्पतालका चिकित्सक कर्मचारीहरुले पाँच मिनेट त्रिभूवन राजपथको अस्पताल अगाडिको सडक खण्ड जाम गरेका छन । 


उनीहरुले नारायणी अस्पतालको भवन निर्माणको वतावरण बनाउन पेशागत ड्रेस सहित सडक जाम गरेका हुन । चिकित्सकहरुले उपचार गर्ने भवन आवश्यक भएको भन्दै सडक धर्नामा उत्रिनु परेको बताएका छन ।

चिकित्सक कर्मचारीहरुको यो प्रर्दशनले  नारायणी अस्पतालको टेण्डर बिषयमा अदालतमा रहेको मुद्धाका बिषयमा पनि न्याय सम्पादन गर्ने निकायको ध्यानाकर्षण गराएको छ ।

ढिलो न्याय पनि अन्याय हो भन्ने स्थापित मान्यतालाई चिकित्सक कर्मचारीहरुको सडक जामले स्मरण गराएको छ । 

नारायणी अस्पताल मधेश प्रदेशमा संघीय सरकारले घोषणा गरेको एक मात्र केन्द्रीय अस्पताल हो ।

 टरसरी अस्पतालको रुपमा बिकास गर्ने उद्धेश्य अनुरुप ५०० शैयाको भवन निर्माणको लागि टेण्डर आह्वान भएपनि अहिले उक्त टेण्डरको विरुद्धमा अदालतमा मुद्दा परेपछि रोकिएको छ । 

त्यसैले नारायणी अस्पतालका चिकित्सकहरु भवन निर्माणको दबाव दिन संघर्ष समिति नै बनाएर धर्नामा बसेका हुन् । संघर्ष समितिले शुक्रबार विहान ११ बजेदेखि अस्पताल अगाडि सडकमै धर्नामा बसेका छन् ।

 अस्पतालको भवन निर्माणको लागि टेण्डर भएपनि अहिले उक्त टेण्डरमा कानूनी उल्झन आएको र निर्माणमा ढिलाई भएकोले चिकित्कस, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत स्थानीयहरु सहित सडकमा ओलिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले जानकारी दिए ।

नारायणी अस्पतालको भौतीक संरचना निर्माणमा  बीरगंजका दाताहरुको योगदान छ ।  सरकारी र विकास समिति तर्फबाट ३०० शैय्यामा सञ्चालन भईरहेको छ ।

 प्रजातान्त्रिक, लोकतान्त्रिक र संघीय गणतान्त्रिक सरकारले एउटा पनि भौतिक संरचना अहिलेसम्म नबनाएको र वीरगञ्ज शहरका महान दाताहरूले बनाइदिएको पूरानो भौतिक संरचनाको भरमा अस्पतालले सेवा दिँदै आएको तितो यथार्थ रहेको संघर्ष समितिका संयोजक डा.सिंह बताउछन्।

आर्थिक वर्ष २०७४÷७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रत्येक प्रदेशमा ५०० शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुरूप मधेस प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालको भवन अनुमानित लागत १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रूपैयाँमा टेन्डर प्रक्रिया अगाडि बढेर एकमात्र बोलपत्रदाता एनडीई भिसीपीआईएसएस ललितपुर पुल्चोक ले टेन्डर पाएको थियो।

 बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र टेन्डर कम्पनीको विवाद अदालतको न्यायिक निरुपणको प्रक्रियामा रहेको छ। अस्पतालको जीर्ण भवनले गर्दा यस क्षेत्रको जनताले निकै दुःख खेप्नु परेको छ ।

यस अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो क्षमता अनुरुप पनि गरिब निमुखा जनतालाई सेवा दिन नसकेको तिथो यथार्थ तथा बाध्य भएर अरु सहरहरूमा बिरामी रेफर गर्नुपर्ने बाध्यकारी अवस्था रहेको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका संघर्ष समितिका संयोजक डा।सिंह बताउछन् ।

बारा पर्सा रौतहट सर्लाही तथा छिमेकी राष्ट्र भारतको गरिब जनताहरूको पनि आस्थाको केन्द्र रहेको यस यस अस्पतालले झण्डै ३० लाखभन्दा बढी नेपाली जनसङ्ख्यालाई सेवा दिँदै आएको गौरवशाली इतिहास छ। नाराणी अस्पतालको समस्याको विषयमा पर्साका सांसदहरूले संसदमा पनि जोडदार माग उठाएकै हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.