जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज यादव नयिुक्त भएका छन ।
सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदीले नेकपा (एमाले) संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
बिहान अस्वस्थ भएको भन्दै काठमाडौं प्रस्थान गरेको बताइएकी प्रदेश प्रमुख सुवेदीले महोत्तरी र सिन्धुलीबीचको एक होटलमा पुगेर नाटकीय रूपमा मुख्यमन्त्रीमा यादवलाई नियुक्ति पत्र हस्तान्तरण गरेको खुलासा भएको छ।
प्रदेश प्रमुखको यस्तो कदमलाई कांग्रेससहित सात दलले संविधान र शिष्टाचारविपरीतको कार्य भनेका छन्।
उनीहरूले सुवेदीले एमालेलाई सत्तामा ल्याउन नियोजित रूपमा प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।
यसअघि आइतबार साँझ कांग्रेससहित सात दलले सुवेदीलाई भेटी संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गर्न माग गरेका थिए।
तर, त्यसको १२ घण्टा नबित्दै सुवेदीले धारा १६८(३) अनुसार एमाले नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
नयाँ मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास प्रस्ताव लिनुपर्नेछ।


तपाईको प्रतिक्रिया