logo

मधेश प्रदेशका सभामुख मण्डलद्वारा पाँच सांसद पदमुक्त को को भए पदमुक्त  ?

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०९: १४ मा प्रकाशित     687   पटक पढिएको

 जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार अनुपस्थित रहँदै आएका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्।

 

सभामुख मण्डलले संविधान र प्रदेशसभा कार्य सञ्चालन नियमावलीका प्रावधानअनुसार लगातार १० वटा बैठकमा अनुपस्थित रहेका सांसदहरूमाथि कारबाही गरेका हुन्।

 

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसद मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन्।

 

सभामुख मण्डलले जारी गरेको सूचनामा “नेपालको संविधानको धारा १८० र मधेश प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम, प्रदेशसभाको अभिलेखअनुसार लगातार १० वटा बैठकमा अनुपस्थित रहेका निम्न नामका माननीय सदस्यहरू मिति २०८२।०७।२७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन्।”

 

संविधानको धारा १८० (घ) अनुसार, प्रदेशसभा सदस्यले सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित रहेमा उनको स्थान रिक्त हुने व्यवस्था छ।

 

सभामुखको यस कदमलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि हालै सभामुख मण्डलमाथि नै सात दलले अविश्वास (महाभियोग) प्रस्ताव दर्ता गरेका थिए। यस्तो परिस्थितिमा उनले विपक्षी गठबन्धनका सांसदमाथि गरेको कारबाहीले मधेश प्रदेशको राजनीतिक तनाव थप बढाउने अनुमान गरिएको छ।

May be an image of text

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.