logo

प्रदेशमा नयाँ सत्ता समीकरण, एमालेको नेतृत्वमा नयाँ सरकार, समाजवादी पार्टी र राप्रपाको पनि साथ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २४ गते ०८: २२ मा प्रकाशित     495   पटक पढिएको

जनकपुरधाम । प्रदेश राजनीति फेरि एकपटक नयाँ मोडमा पुगेको छ । नेकपा (एमाले) को नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेको छ जसमा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएका छन्।

नयाँ समीकरणअन्तर्गत समाजवादी पार्टीकी बिमला अन्सारी, राप्रपाकी कञ्चन विच्छा र एमालेका लखन दास विना विभागीय मन्त्रीका रूपमा नियुक्त भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

 

नेकपा एमालेका ससदीय दलका नेता सरोज यादवलाई नेपालको संबिधान २७२ को धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरिएको हो ।

 

प्रदेश सभामा निर्वतमान मुख्मन्त्री जितेन्द्र सोनलले बिश्वासको मत पाउन नसके पछि उनले राजीनामा घोषणा गरेका थिए । मुख्यमन्त्री सोनलले प्रदेश सभामा बिश्वासको मत पाउन नसक्ने निश्चित भएपछि राजीनामा घोषणा गरेका हुन । उनको पक्षमा ५२ जना मात्र प्रदेश सभामा साँसदहरु थिए ।

 

सोनलको राजीनमा पछि एमाले बाहेकका दलहरुले निरन्तर सडकबाट प्रदेश प्रमुखकलाई बिभिन्न खालका माँग पत्र बुझाउने नाममा निर्देशित गर्न प्रयास जारी राखेका थिए ।

 

उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि निरन्तर धर्ना दिएर प्रदेश प्रमुखलाई स्वतन्त्र रुपमा सर सल्लाह लिने वतावरण समेत धुमिल बनाएका थियो । यस्तो अवस्थामा सम्बैधाकि प्रवन्ध अनुसार नै प्रदेश प्रमुख सुवेदीले प्रदेशमा नयाँ सरकारलाई शपथ ग्रहण गराएकी हुन ।  


नयाँ गठबन्धनसँगै एमाले प्रदेश सरकारको नेतृत्वमा फर्किएको छ भने समाजवाद पार्टी र राप्रपाको समर्थनले सरकार स्थायित्व र शक्ति सन्तुलनमा नयाँ समीकरण सिर्जना गरेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। यो सरकार असफल भएमा वा बिश्वासको मत नपाएमा प्रदेश सभा बिघठन हुने सम्बैधानिक प्रावधान छ ।

 

दलहरुले यो हद सम्मको राजनीतिक गैरजिम्मेवारी प्रस्तुत नगर्ने बिश्लेषकहरुको मत छ । मुख्यमन्त्री यादवले पनि सरकामा अन्य दललाई पनि सहभागिता गराउनकालागि पहलकदमी लिने एमालेका एक नेताले जनाएका छन । 

 

पार्टी स्रोतका अनुसार अब मन्त्रालयहरूको बाँडफाँड र नीतिगत प्राथमिकता तय गर्ने तयारी भइरहेको छ। नयाँ गठबन्धनले “सुशासन र विकास” लाई प्राथमिकतामा राख्ने दाबी गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.