जनकपुरधाम । प्रदेश राजनीति फेरि एकपटक नयाँ मोडमा पुगेको छ । नेकपा (एमाले) को नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेको छ जसमा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएका छन्।
नयाँ समीकरणअन्तर्गत समाजवादी पार्टीकी बिमला अन्सारी, राप्रपाकी कञ्चन विच्छा र एमालेका लखन दास विना विभागीय मन्त्रीका रूपमा नियुक्त भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेकपा एमालेका ससदीय दलका नेता सरोज यादवलाई नेपालको संबिधान २७२ को धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरिएको हो ।
प्रदेश सभामा निर्वतमान मुख्मन्त्री जितेन्द्र सोनलले बिश्वासको मत पाउन नसके पछि उनले राजीनामा घोषणा गरेका थिए । मुख्यमन्त्री सोनलले प्रदेश सभामा बिश्वासको मत पाउन नसक्ने निश्चित भएपछि राजीनामा घोषणा गरेका हुन । उनको पक्षमा ५२ जना मात्र प्रदेश सभामा साँसदहरु थिए ।
सोनलको राजीनमा पछि एमाले बाहेकका दलहरुले निरन्तर सडकबाट प्रदेश प्रमुखकलाई बिभिन्न खालका माँग पत्र बुझाउने नाममा निर्देशित गर्न प्रयास जारी राखेका थिए ।
उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि निरन्तर धर्ना दिएर प्रदेश प्रमुखलाई स्वतन्त्र रुपमा सर सल्लाह लिने वतावरण समेत धुमिल बनाएका थियो । यस्तो अवस्थामा सम्बैधाकि प्रवन्ध अनुसार नै प्रदेश प्रमुख सुवेदीले प्रदेशमा नयाँ सरकारलाई शपथ ग्रहण गराएकी हुन ।
नयाँ गठबन्धनसँगै एमाले प्रदेश सरकारको नेतृत्वमा फर्किएको छ भने समाजवाद पार्टी र राप्रपाको समर्थनले सरकार स्थायित्व र शक्ति सन्तुलनमा नयाँ समीकरण सिर्जना गरेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। यो सरकार असफल भएमा वा बिश्वासको मत नपाएमा प्रदेश सभा बिघठन हुने सम्बैधानिक प्रावधान छ ।
दलहरुले यो हद सम्मको राजनीतिक गैरजिम्मेवारी प्रस्तुत नगर्ने बिश्लेषकहरुको मत छ । मुख्यमन्त्री यादवले पनि सरकामा अन्य दललाई पनि सहभागिता गराउनकालागि पहलकदमी लिने एमालेका एक नेताले जनाएका छन ।
पार्टी स्रोतका अनुसार अब मन्त्रालयहरूको बाँडफाँड र नीतिगत प्राथमिकता तय गर्ने तयारी भइरहेको छ। नयाँ गठबन्धनले “सुशासन र विकास” लाई प्राथमिकतामा राख्ने दाबी गरेको छ।
तपाईको प्रतिक्रिया