logo

सशस्त्र प्रहरी पर्साको सफलता, कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १९ गते ०६: २५ मा प्रकाशित     213   पटक पढिएको

वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा  वीरगन्ज–५ कुम्हाल टोल निवासी १८ वर्षका सुमित कुमार मण्डल र जितपुरसिमरा उपमहानगरपालिका–८ बस्ने २८ वर्षका सन्जय कुमार साह कलवार रहेका छन्।


बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका–५ नजिकै रहेको नेपाल–भारत सीमा स्तम्भ नम्बर ३९/२२ को आसपासबाट गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साका  सशस्त्र प्रहरी उपरीक्षक पूर्ण भट्टले  जानकारी दिए।


प्रहरीका अनुसार उनीहरू झाडीभित्र लुकीछिपी बसिरहेका बेला शंका लागेपछि तलासी लिँदा उनीहरूको साथमा रहेको बोराभित्र एक थान कटुवा पेस्तोल बरामद गरिएको हो।


सीमाक्षेत्रमा गस्तीका क्रममा उनीहरू शंकास्पद अवस्थामा देखिए। तलासी गर्दा हातहतियार फेला परेकोले तत्काल नियन्त्रणमा लिइएको भट्टले जनाए ।

 

सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाएको जनाएको छ।

 

पर्सा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू सशस्त्र गतिविधि वा अन्य आपराधिक समूहसँग आबद्ध हुनसक्ने आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.