logo

२५ दिनमै ढल्यो सोनल सरकार , दुई सांसदको बिद्रोहपछि मुख्यमन्त्रीको राजीनामा घोषणा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २२ गते ०८: ०० मा प्रकाशित     121   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको जीतेन्द्र सोनल नेतृत्वको सरकार गठन भएको २५ दिनमै पतन भएको छ। गठबन्धनसँग विश्वासको मत प्राप्त गर्ने पर्याप्त संख्या रहे पनि, आफ्नै पक्षका दुई सांसदको बिद्रोहपछि सरकार अल्पमतमा परेको हो। यससँगै मुख्यमन्त्री सोनलले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने  घोषणा गरेका छन्।

 

विश्वासको मतका लागि बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारी र माला कर्णले सरकारलाई समर्थन नगर्ने घोषणा गरेपछि सत्ता समीकरण भत्किएको हो।

 

 उनीहरूको असहमतिको कारण सोनल पक्षमा रहेका सांसदको संख्या घटेर ५२ मा सीमित भयो। यसपछि मुख्यमन्त्री सोनल राजीनामा दिन बाध्य भएका हुन्।

बैठकको सुरुवातमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै सोनलले गठबन्धन एकताबद्ध रहेको दाबी गरेका थिए।

 

तर छलफलका क्रममा सांसद रहबर अन्सारीले सरकारमाथि भ्रष्टाचार र निष्क्रियताको आरोप लगाउँदै समर्थन नदिने चेतावनी दिए। त्यसपछि माला कर्णले पनि दलको आधिकारिक निर्णय विपरीत सरकारलाई विश्वासको मत नदिने घोषणा गरिन्।

 

अन्सारी र कर्णको बिद्रोहपछि बैठकमा तनावपूर्ण स्थिति उत्पन्न भयो। सभामुख रामचन्द्र मण्डलले मत विभाजनको तयारी गरे पनि सत्तापक्षले सरकारको अनुपस्थितिमा सदन सञ्चालन नमिल्ने भन्दै आपत्ति जनायो।

 

 वादविवादकै बीच सभामुखले बैठक स्थगित गरे पनि पुनः मत विभाजन अघि बढाउने आदेश दिएपछि स्थिति झन् जटिल बन्यो।

 

त्यसपछि मुख्यमन्त्री सोनलले सभामुखमाथि पक्षपातपूर्ण गतिविधिको आरोप लगाउँदै सभामै राजीनामाको घोषणा गरे। उनले संघीयता र प्रदेशसभामाथि आक्रमणको प्रयास भइरहेको भन्दै विरोध पनि जनाए।

 

स्रोतका अनुसार सत्तापक्षले अहिले पनि माओवादी सांसदहरूसँग पुनः सहकार्य गरेर पुनः सरकार गठन गर्ने रणनीति बनाइरहेको छ। यससँगै मधेश प्रदेशमा फेरि सत्ता समीकरणको नयाँ खेल सुरु भएको छ।

 

गत आश्विन२९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले भोलिपल्ट आश्विन ३० गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।  २५ दिनमै उनको सरकार पतन भएको हो, जसले मधेश प्रदेशको राजनीतिक अस्थिरतालाई पुनः उजागर गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.