logo

भूमिहीन दलित र सुकुम्बासीका समस्या आफ्नै पालामा समाधान गर्ने अध्यक्ष अहमदको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८१ माघ २२ गते ०९: ४३ मा प्रकाशित     679   पटक पढिएको

वीरगञ्ज । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा मंगलवार पर्साका दलित अगुवा एवम् अधिकारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ ।

भूमि समस्या समाधान आयोग पर्साले वास्तविक समस्या र समस्याको समाधानका विषयमा दलित अगुवासँग अन्तरक्रिया तथा छलफल गरेको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई आयोगले जग्गा वितरण गर्दा कुनै पनि प्रकारको दबाब वा प्रभाव पर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “भूमि सम्बन्धी समस्या भूइँ मान्छेको, गरिबको र दलितको समस्या हो । त्यसैले हामी सबै जिम्मेवारपूर्वक लागौ । पर्सा जिल्लामा हामीले निष्पक्ष रूपमा काम गर्छौं, ढुक्क रहनुहोस् ।” 

१८ औँ पटक गठन भएको भूमि समस्या समाधान आयोग अब १९ औँ पटक गठन गर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले आग्रह गरे ।

 साथै यही समितिले भूमि सम्बन्धी समस्या समाधान गर्ने उनको विश्वास छ । समस्या समाधानका लागि आयोगले जग्गा वितरण र व्यवस्थापनका लागि अपनाएका प्रक्रिया तथा मापदण्डका विषयमा दलित अगुवा तथा अधिकारकर्मीहरूलाई सही सूचना प्रवाह गर्न आग्रह गरे ।


भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पनि आफ्नै पालामा समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । विगतमा जे जति भएपनि अब आफ्नो पालामा तिव्र गतिमा काम हुने उनले दाबी गरे ।

आयोगको अध्यक्षमा पुनः नियुक्ती पाएसँगै आफुले सबैभन्दा पहिला दलित अगुवा एवम् अधिकारकर्मीसँग छलफल र अन्तरक्रिया गरेको उनको भनाई छ ।

अध्यक्ष अहमदकाअनुसार जसको समस्या हो, उसैले समाधानका लागि पहलसँगै नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्छ । उनले भने, “जुन समुदायको समस्या छ, समाधानको नेतृत्व पनि त्यही समुदायको हुनुपर्छ ।” 

आयोगले थालेको कार्यमा समन्वय, सहयोग र साथ दिन उनले दलित समुदायका अगुवा तथा अधिकारकर्मीहरूलाई आग्रह गरे ।

 आयोगले पर्सामा गरेका काम र प्रगती समावेश गरिएको स्मारिका पनि प्रकाशन गर्ने तयारी भइरहेको उनले सुनाए । २०१३ सालमा राजाकै पालामा कम्पनीको रुपमा स्थापना भएपनि अहिलेसम्म भूमि सम्बन्धी समस्या समाधान नहुनु दुःखद भएको उनको भनाई छ । 

पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणका लागि आयोगले बनाएको प्रक्रिया झन्झटिलो रहेको बताउँदै त्यसलाई सहज बनाउन सुझाव दिए । साथै, उनले आयोगले लक्षित समुदायको लगत संकलन गर्दा छुटेका व्यक्तिहरूलाई समेट्नुपर्ने माग राखे ।

नापी कार्यालय पर्साका प्रमुख राकेश झाले आयोगले निर्धारण गरेका लक्षित समूह, जग्गा वितरणका मापदण्ड र प्रक्रिया सम्बन्धमा जानकारी गराए ।

समितिका सदस्य सचिव समेत रहेका झाकाअनुसार एक इन्च पनि आफ्नो र परिवारका कसैको नाममा जग्गा नभएका र आयआर्जनबाट जग्गा खरिद गर्न नसक्नेले जग्गा प्राप्त गर्ने बताए ।

यस्तै अव्यवस्थित रुपमा बसोबास गर्नेहरुले भने जग्गा पाउने छैनन् । उनीहरुलाई व्यवस्थित गरिनेछ भने त्यसबापत निश्चित रकम पनि राजस्व तिर्नुपर्ने उनले स्पष्ट पारे । 

भूमिहिन दलित र भूमिहीन सुकुमबासीलाई सरकारी र सकारात्मक सूचीका जग्गा मात्र वितरण गरिनेछ । त्यस्तै उनले गलत विवरण पेश गरेकाहरुलाई दण्ड तथा जरिवाना हुने पनि जानकारी गराए । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, पत्रकार बृजलाल पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित महिला संघकी निला राम, लबकुश बैठा, बुनेल राम, शिवनारायण राम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.