logo

कलैयाको सुधारगृहमा रहेका युवाको कुटपिटबाट मृत्यु, अनुसन्धानकालागि संचालक अली सहित सात जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ फागुन २ गते १४: १९ मा प्रकाशित     791   पटक पढिएको

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय  धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको सुधार गृहमा मृत्यु भएको छ । 

कलैया उपमहानगरपालिकाको वडा नम्बर १ बैँकरोडमा रहेको ‘नवजन्म सुधार केन्द्र’मा उनको मृत्यु भएको हो ।

मृतक प्रदीपको अनुहार तथा शरिरका भागहरुका कुटपिटको डाम देखिएका जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी निरिक्षक एवम् निमित्त सूचना अधिकारी बलराम क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार  प्रदीपको शुक्रवार बिहान मृत्यु भएको हो ।

सुधार केन्द्रबाट अस्पताल पु¥याएलगत्तै उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । 


सुधार केन्द्रले यातना तथा कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनका परिवारले बारा प्रहरीमा जाहेरी दिदैँ घटनाको छानबिनका लागि माग गरेका छन् । 


प्रहरीले अनुसन्धानकोलागि सुधारगृहका संचालक सहित सुधारकेन्द्रमा रहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसधन्धान शुरु गरेको छ ।


प्रहरीले अनुसन्धानकालागि  सुधार केन्द्रका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक कलैया–३ भवानीपुरका तमन्ना अलि,कलैया–३ बस्ने सर्फराज मन्सुुर, वडा नम्बर ४ का नीरज सर्राफ, वडा नम्बर ६ का राहुल भन्ने मोहम्मद आसुँ मियाँ शेख, वडा नम्बर १ का अरुण सर्राफ र प्रकाश गुप्ता, वडा नम्बर २ प्रमेश्वर साह लाई नियन्त्रणमा लिएको छ ।  


 यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.