logo

कलैयाको सुधारगृहमा रहेका युवाको कुटपिटबाट मृत्यु, अनुसन्धानकालागि संचालक अली सहित सात जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ फागुन २ गते १४: १९ मा प्रकाशित     1370   पटक पढिएको

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय  धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको सुधार गृहमा मृत्यु भएको छ । 

कलैया उपमहानगरपालिकाको वडा नम्बर १ बैँकरोडमा रहेको ‘नवजन्म सुधार केन्द्र’मा उनको मृत्यु भएको हो ।

मृतक प्रदीपको अनुहार तथा शरिरका भागहरुका कुटपिटको डाम देखिएका जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी निरिक्षक एवम् निमित्त सूचना अधिकारी बलराम क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार  प्रदीपको शुक्रवार बिहान मृत्यु भएको हो ।

सुधार केन्द्रबाट अस्पताल पु¥याएलगत्तै उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । 


सुधार केन्द्रले यातना तथा कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनका परिवारले बारा प्रहरीमा जाहेरी दिदैँ घटनाको छानबिनका लागि माग गरेका छन् । 


प्रहरीले अनुसन्धानकोलागि सुधारगृहका संचालक सहित सुधारकेन्द्रमा रहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसधन्धान शुरु गरेको छ ।


प्रहरीले अनुसन्धानकालागि  सुधार केन्द्रका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक कलैया–३ भवानीपुरका तमन्ना अलि,कलैया–३ बस्ने सर्फराज मन्सुुर, वडा नम्बर ४ का नीरज सर्राफ, वडा नम्बर ६ का राहुल भन्ने मोहम्मद आसुँ मियाँ शेख, वडा नम्बर १ का अरुण सर्राफ र प्रकाश गुप्ता, वडा नम्बर २ प्रमेश्वर साह लाई नियन्त्रणमा लिएको छ ।  


 यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.