logo

मुख्यमन्त्री सिंहद्वारा बीरगंजका अस्पतालको अनुगमन, गैरकानूनी रुपमा संचालीत इन्डो नेपाल अस्पताल बन्द गर्न निर्देश

 इसीमाना सम्वाददाता     २०८१ फागुन ७ गते ०७: २९ मा प्रकाशित     534   पटक पढिएको

वीरगञ्ज । गैर कानूनी रुपमा संचालती बीरगंजको इण्डो नेपाल हस्पिटल बन्द हुने भएको छ ।   मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जका अस्पतालको अनुगमनको क्रममा सो अस्पताल गैर कानूनी रुपमा संचालन भएको पाइएपछि  बीरगंजको प्रतिमाचोकमा हेको इन्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका हुन।

 

मुख्यमन्त्रीको निर्देशन पछि सो अस्पताल बन्द हुने भएको छ । निजी अस्पतालहरूको अनुगमन गर्ने क्रममा उक्त अस्पतालले अनुमति नलिई सञ्चालन गरिरहेको पाईएपछि मुख्यमन्त्री सिंहले तत्काल बिरामीलाई अन्यत्र स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न आदेश दिएका हुन्।

480905440_122157858344363415_4074494032637265035_n.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पतालले नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुर सहितको टोलीले वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिरहेको छ।


अनुगमनको क्रममा भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा निरीक्षण गरिएको छ। भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ।


मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् ।


अनुगमन टोलीले अब केही दिन निरन्तर रुपमा वीरगञ्जका अन्य अस्पतालहरुको अनुगमन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.