logo

मुख्यमन्त्री सिंहद्वारा बीरगंजका अस्पतालको अनुगमन, गैरकानूनी रुपमा संचालीत इन्डो नेपाल अस्पताल बन्द गर्न निर्देश

 इसीमाना सम्वाददाता     २०८१ फागुन ७ गते ०७: २९ मा प्रकाशित     316   पटक पढिएको

वीरगञ्ज । गैर कानूनी रुपमा संचालती बीरगंजको इण्डो नेपाल हस्पिटल बन्द हुने भएको छ ।   मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जका अस्पतालको अनुगमनको क्रममा सो अस्पताल गैर कानूनी रुपमा संचालन भएको पाइएपछि  बीरगंजको प्रतिमाचोकमा हेको इन्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका हुन।

 

मुख्यमन्त्रीको निर्देशन पछि सो अस्पताल बन्द हुने भएको छ । निजी अस्पतालहरूको अनुगमन गर्ने क्रममा उक्त अस्पतालले अनुमति नलिई सञ्चालन गरिरहेको पाईएपछि मुख्यमन्त्री सिंहले तत्काल बिरामीलाई अन्यत्र स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न आदेश दिएका हुन्।

480905440_122157858344363415_4074494032637265035_n.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पतालले नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुर सहितको टोलीले वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिरहेको छ।


अनुगमनको क्रममा भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा निरीक्षण गरिएको छ। भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ।


मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् ।


अनुगमन टोलीले अब केही दिन निरन्तर रुपमा वीरगञ्जका अन्य अस्पतालहरुको अनुगमन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.