logo

तस्करी नियन्त्रण  राज्यको दायित्व हो,रौतहटमा त्यही रोक्न माँग गर्दै किसान आमरण अनशनमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ १९ गते ०६: २९ मा प्रकाशित     81   पटक पढिएको

रौतहट । अवैध रूपमा भारतबाट कुखुरा तथा चल्ला भित्रिने क्रम रोक्नुपर्ने र बजारमा मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्नुपर्ने माग गर्दै रौतहटका एक किसान आमरण अनशनमा बसेका छन।

 

 कुखुरा व्यवसायी किसान संघ रौतहटका जिल्ला सचिव राधेश्याम साहले जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन।

 

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयमा पटक–पटक लिखित तथा मौखिक रूपमा समस्या समाधानका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आफू अनशनमा बसेको साहले बताएका छन।


जुन तस्करी रोक्नु राज्यको कानुनी दायित्व हो, त्यही तस्करी रोक्न किसानले आफ्नो ज्यान जोखिममा राख्नुपर्ने अवस्था किन आयो ? भन्ने प्रश्न उठेको छ । 


संघका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा कुखुरा, चल्ला तथा मासु भित्रिँदा स्वदेशी किसानको लगानी जोखिममा परेको छ।

 

अवैध आयातका कारण स्थानीय किसानले उत्पादन गरेको कुखुरा बजारमा बिक्री गर्न कठिनाइ भइरहेको संघको दाबी छ।

 

त्यस्तै, स्थानीय बजारमा केही बिचौलिया तथा व्यवसायीका कारण मासुको मूल्यमा अस्वाभाविक वृद्धि तथा अनियमितता भइरहेको आरोप संघले लगाएको छ।

 

बजारमा मासुको मूल्य निर्धारण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ।

 

संघले भारतबाट हुने कुखुरा, चल्ला तथा मासुको अवैध तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न, संलग्नमाथि कानुनी कारबाही गर्न तथा स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिन माग गरेको छ।

 

रौतहटमै पर्याप्त उत्पादन र आपूर्ति हुँदाहुँदै जिल्लाबाहिरबाट कुखुरा आयात भइरहेको भन्दै जिल्लाबाहिरबाट हुने कुखुरा आयात–निर्यातसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग पनि किसानहरूले गरेका छन।

 

यदि भारतबाट अवैध कुखुरा र चल्ला नियमित रूपमा आइरहेको छ भने सीमा, प्रहरी, भन्सार र पशु क्वारेन्टाइन संयन्त्रले के गरिरहेका छन ? यदि किसानको आरोप गलत हो भने राज्यले तथ्यसहित त्यसको खण्डन किन गर्दैन ?


नागरिकले आफ्नो माग राख्न प्रशासन, अदालत, सम्बन्धित नियामक निकायलगायत संस्थागत बाटो प्रयोग गर्छन।

 

ती बाटाबाट समाधान नपाएको महसुस भएपछि व्यक्ति आफ्नो ज्यान जोखिममा राखेर आमरण अनशनमा पुग्छ भने त्यो केवल एउटा किसानको व्यक्तिगत आन्दोलन होइनस राज्यका संस्थाप्रतिको विश्वास कमजोर हुँदै गएको संकेत पनि हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.