logo

क्लार्क क्यासिनो प्रकरण, हेर्न पुगेका यादव सहित ८ जना प्रहरी नियन्त्रणमा,प्रहरी अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८३ भदौ २१ गते ०८: ३७ मा प्रकाशित     130   पटक पढिएको

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सहित ८ जना क्यासिनोमा भेटिए भन्ने घटनाको तथ्य भने फरक रहेको खुलेको छ । 


शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगंजस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।


यादव सहित उनका साथीहरुको टोली क्लार्क हाटेलमा गएको हो । स्वीमिङ्ग पुल एरियामा बसेर खानपीन गरेको पनि हो ।

 

यद्धपी यादव आफै “ननअल्कोहलिक” हुन उनीसंगै रहेका साथीहरुले क्यासिनो हेर्न खोजेपछि क्यासिनोका कर्मचारीहरुसंग क्यासिनो हेर्न प्रवेश अनुमती माँग गरियो । क्यासिनोका कर्मचारीले क्यासिनो प्रवेशको अनुमती दिएनन ।

 

क्यासिनो कर्मचारीले हेर्न जानेको समुह ठुलो भएपछि प्रवेश अनुमती दिन नखोजेको हो । होइन भने हेर्नकालागि चिने जानेका मान्छेहरुलाई क्यासिनो कर्मचारीले नै लगेर देखाइदिने सामान्य प्रचलन त छ नै । तर धेरै मान्छे भएपछि क्यासिनो कर्मचारीले भित्र जान अनुमती दिन चाहेका थिएनन ।

 

चिन जान मिात्रताका कारण उनीहरुले प्रवेश पाए । उनीहरुको प्रवेशको एउटा भिडयो बाहिरियो । त्यही भिडियोका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतको दावी छ ।

 

यद्धपी सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले आफूले क्यासिनो नखेलेको र आफूलाई प्रहरीले क्यासिनो बाहिरबाट नियन्त्रणमा लिएको बताएका छन ।

 

 रक्सी खाइन तास खेलेको छैन क्यासिनोमा जुवा खेल्ने त झन सवालै छैन उनले भने “क्लार्क होटेलमा गएको हो फर्किने बेलामा क्यासिनो हेर्ने उत्सुकता भएपछि साथीहरु हेर्न गएका हुन  ।

 

क्यासिनोका संचालक युवराज अधिकारीले पनि साथीहरुको बचन हार्न नसकेर प्रवेश गर्न दिनु भनेको सम्झदै उहाँहरु क्यासिनोका खेलाडी नभएको र खेल्न प्रवेश नगरेको बताए ।

 

अधिकारीले बैठा सहितको टोलीले हेर्नकालागि प्रवेश गर्ने बित्तिकै प्रहरीको अप्रेशन भएको देखेर घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने बताउछन । 

 

स्रोतका अनुसार  यादव क्यासिनोमा प्रवेश गरेको कसैले भिडियो बनाएको र त्यो भिडियो नियोजित रुपमा बाहिर ल्याएको र त्यसैका आधारमा प्रहरीको अप्रेशन भएको छ ।

 

यद्धपी प्रहरीले होटेल क्लार्क र क्यासिनोमा  रहेको सबै सीसी टिभी फूटेजका अधारमा यादव सहितको टोलीको “मुभमेन्ट”को अनुसन्धान गरिरहेको जनाएको छ ।

 

त्यसबाटै तथ्य खुल्ने बताइएको छ । यस बिषयमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जनाएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.