logo

सर्लाही प्रहरीद्वारा लागु औषध ब्राउन सुगरसहित दुई र दुई थान पेस्तोल सहित थापा पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ असोज २९ गते ०८: ०३ मा प्रकाशित     84   पटक पढिएको

सर्लाही । जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही ले विशेष सूचनाको आधारमा ३२ वर्षिय सागर पाख्रिन  २५ वर्षिय राजु भुजेल लाई पक्राउ गरेको छ । 


इलाका प्रहरी कार्यालय हरिवन र लागु औषध ब्यूरो बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका ४ तिनघरेबाट उनीहरुलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेहरुरिवन नगरपालिका ४ तिनघरेकै बासिन्दा हुन। उनीहरुले लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

 

प्रहरीका अनुसार नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सागर पाख्रिनको साथबाट कालो प्लाष्टिक सहित ९.१३ ग्राम र निजकै घरमा लुकाईछिपाई राखिएको १६.२० ग्राम गरी जम्मा प्लाष्टिक सहित २५.३३ ग्राम तथा प्लाष्टिक बाहेक २३.३१ ग्राम लागु औषध ब्राउन सुगर र मोबाईल २ थान  बरामद भएको छ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा म्याद थप भई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले  जानकारी दिए ।

 

यस्तै  सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार थापाको साथबाट मेडइन यु.एस.ए.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ ।

 

पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.