logo

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले दिए राजीनामा

 इसीमाना सम्वाददाता     २०८३ असोज ३० गते ०९: ०७ मा प्रकाशित     55   पटक पढिएको

वीरगन्ज । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

 

 समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका छन्।

 

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

 

 मुख्यमन्त्री कृष्णकुमार यादवलाई लेखिएको पत्रमा सरकार गठनका क्रममा भएको १५ बुँदे सहमति कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिने निर्णय गरिएको उल्लेख छ।

 

एमालेको निर्णयसँगै प्रदेश सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका छन्।

 

 राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्।

 

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकारमाथि राजनीतिक दबाब बढेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशसभामा सरकारको बहुमत कायम रहने वा नरहने विषयसमेत चासोको केन्द्र बनेको छ।

 

सरकार गठनका बेला भएको सहमति कार्यान्वयनको विषयलाई लिएर सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि एमालेको पछिल्लो निर्णयसँगै सतहमा आएको छ।

 

अब सरकारको आगामी रणनीति र प्रदेशसभामा बहुमत जुटाउने विषयले मधेस प्रदेशको राजनीतिक घटनाक्रमलाई थप प्रभावित पार्ने देखिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.