सिरियाली सरकारले शान्ति वार्तामा सहभागिता जनाउँछ: राष्ट्रसङ्घ प्रतिनिधि
11/29/2017 गते 00 00 मा प्रकाशित
1815 पटक पढिएको
जेनेभा, १२ मङसिर (रासस/सिन्ह्वा): संयुक्त राष्ट्रसंघको पहलमा स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको आठौँ चरणको वार्तामा सहभागिता जनाउन सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वको सरकारको प्रतिनिधित्व गर्दै एक प्रतिनिधिमण्डल बुधबार जेनेभा आइपुग्ने राष्ट्रसंघका अधिकारीले मङ्गलबार जनाएका छन् ।
जेनेभास्थित राष्ट्रसंघको सूचना विभागका निर्देशक अलेसान्द्रा भेलुक्सीले शान्तिवार्ता जानकारी गराउन पत्रकारसँग गरेको संक्षिप्त भेटघाटमा मङ्गलबार शुरु हुने गरी तय भएको कार्यक्रममा उनीहरू उपस्थित नभएपनि एक दिन ढिलो गरी सहभागिताका लागि आउने जानकारी सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफेन डे मिस्टुरालाई प्राप्त भएको बताउनुभयो ।
सिरियाली विपक्षीहरूको प्रतिनिधिमण्डल भने जेनेभा आएसकेको मिस्टुराले जनाउनुभयो ।
यही सोमबार मिस्टुराले सरकारीपक्षले वार्तामा सहभागिता जनाउने कुनै प्रतिवद्धता नआउको बताउनुभएको थियो । उहाँले दुवै पक्षलाई वार्ताका लागि खबर गरिए पनि सरकारबाट वार्तामा सहभागिता जनाउने वा नजनाउने केही जवाफ दिएको थिएन ।
उहाँले ‘वास्तविक वाता र असली कुटनिति’का लागि दुवै समूहलाई वार्तामा बोलाइएको बताउनुभयो ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि सवै सिरियाली पक्षलाई सक्रिय उपस्थिति जनाउन अनुरोध गरिसकेको छ ।
सन् २०११ मा शुरु भएको सिरिया युद्धका कारण तीन लाख ३० हजार सिरियालीले ज्यान गुमाएका छन् भने मुलुकको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया