भारतमा २ करोड १० लाख बालिका अभिभावकको इच्छा विपरित जन्मिएको पाइएको छ । भारतको अर्थमन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार छोराको चाहानामा निरन्तर सन्तान जन्माउँदा सो संख्यामा छोरी जन्मिएका हुन् ।
प्रतिवेदनअनुसार छोरा नजन्मिदासम्म सन्तान जन्माउने दम्पतीको संख्या अत्यािधक छ । पछिल्लो समय भने भु्रणको लिङ्ग पहिचान गरि छोरा जन्माउने गरिएको र जन्मिएका छोरीलाई पनि कम अवसर प्रदान गर्ने र हेरचाह समेत नगर्ने गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भारतमा भ्रुणको लिङ्ग पहिचान गैरकानुनी भएपनि अवैध रुपमा लिङ्ग पहिचान पछिको गर्भपतन गर्ने क्रम बढीरहेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ । छोरा जन्माउने उपाय भन्दै फैलाइने अफवाहलाई समेत ठूलो जमातले पछ्याउने गरेको प्रतिवेदनमा औँल्याइएको छ ।
पन्जाव, हरियाणा छोरालाई बढी महत्व दिने प्रदेश भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेडियो कान्तिपुरबाट साभार
तपाईको प्रतिक्रिया