logo

स्पेनमा नेपाली राजदुतको सक्रियता बढ्दो

      3/2/2018 गते 00 00 मा प्रकाशित     2592   पटक पढिएको

स्पेन,१८ फागुन । स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझीले कुटनीतिक भेटघाटलाई ब्यापक बनाएका छन ।

 

राजदुतावासको काम कर्तव्य सुरू गर्नुपर्ने चटारोका बावजुद महामहिम राजदुत रायमाझीले स्पेनको उच्च तहमा कुटनीतिक छलफललाई तिव्रताका साथ बढाएका छन । उनले यसक्रममा स्पेनको विभिन्न प्रान्तिय सरकारका उच्च प्रतिनिधिहरू संगको भेटघाटले गति लिएको छ ।

 


 राजदुत रायमाझीको आगमन संगै नेपालीहरू संगको भेटघाट तथा छलफल पछि नेपालीहरूलाई आईपर्ने समस्याहरु र नेपाल स्पेनको मित्रवत ब्यवहारमा सधैं हात्तेमालो गर्दै सहकार्य गर्न नेपाल आतुर रहेको भनेर विश्वस्त समेत पारेका छन ।

 

स्पेनमा आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्र मार्फत राजालाई बुझाए लगतै आफ्नो काम कर्तव्यलाई प्राथमिकतामा राख्दै कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउदै उनले लगेका छन।

 


यसै क्रममा स्पेनको पाईस भास्को प्रान्तीय सरकारका अन्तराष्ट्रीय सम्बन्धका निर्देशक (परराष्ट्र मंत्री) लेईरे मादारिआगा गांगोईती र खुआन आगुआडो उर्किओला भेटघाट गरेका छन्।नेपालका हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको र सो का लागि छिट्टैनै एउटा बिशेष बैठक गर्नका लागि पाईस भास्को आतुर रहेको कुरा प्रान्तीय सरकारका अन्तराष्ट्रीय सम्बन्धका निर्देशक (परराष्ट्र मंत्री) लेईरे मादारिआगा गांगोईतीले बताइन ।

 

स्पेनको पाईसभास्को प्रान्तिय राज्यमा पाँच देखि छ सय जनाको बसोबास रहेको र नेपालीहरूले अहिले सम्म कुनैपनि नराम्रो गतिविधि नगरेकोमा खुशि ब्यक्त गर्दै राजदुत रायमाझीलाई परराष्ट्रमन्त्री लेईर मादारिआगा गांगोईतीले बताउँदा राजदुतले खुशी ब्यक्त गरेका थिए ।

 


सो भेटघाटमा समाजसेवी तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवं एनआरएनए युरोप उप(संयोजक एकराज गिरी पनि सहभागि थिए । नेपालका स्पानिस मित्र मियान भिन्यास पातो र युरोप उप(संयोजक एकराज गिरीको पहलमा सो भेटघाट तय गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.