एजेन्सी
भारतको जम्मू कश्मीरमा आफनो घरमा शौचालय नवनाएका ६ सय बढी कर्मचारीको तलव रोकिएको छ । खुला ठाउमा शौच गर्ने प्रचलनलाई नियन्त्रण गर्नकालागि सन्देश दिन जम्बु कश्मीरको किश्तावाड जिल्लामा यस्तो कठोर निर्णय लिइएको हो । आफनो घरमा शौचालय निर्माण नगरकै कारण उनीहरुको तलव निकासा नभएको हो ।
किश्तवाड जिल्लाको पडर प्रखडमा ६ सय १६ सरकारी कर्मचारीको घरमा शौचालय नभएको रिपोर्ट आएपछि जिल्ला बिकास अधिकारी अंगरेज सिंह राणाले तलव रोक्काको आदेश दिएको एक अधिकारीले बताएका छन ।
स्वच्छ भारत अभियान अन्र्तगत जम्मूकश्मीरमा नीजि घरमा शौचालय निर्माणको अभियानले ८१ प्रतिशत सफलता पाएको छ । ९५ प्रतिशत सफलता प्राप्त हुने लक्ष्य रहेको थियो ।
तपाईको प्रतिक्रिया