logo

जनसम्पर्क समिति स्पेनको छैठौं अधिवेशनका लागि सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु 

      1/25/2019 गते 00 00 मा प्रकाशित     1462   पटक पढिएको

सौरभ शर्मा
बार्सिलोना,१० माघ ।
नेपाली जनसम्पर्क समिति स्पेनको  छैठौं अधिवेशनका लागि सदस्यता र कृयाशिल सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु भएको छ । मंगलबार देखि सदस्यता वितरण संगै उमेदवारहरुले आआफ्नो पक्षमा मतदाताहरुलाई सदस्यता बाढ्न तछाड मछाड गरेर लागि परेका छन् ।

 

नेपाली काग्रेशको नेपालको गुटउपगुट स्पेनमा पनि देखा परेको छ । सदस्यता वितरण संगै रेस्टुरेष्टहरुमा दैनिक भोज भतेर तथा मोबाईल ब्यालेन्स लगायत बाढिएको भोजमा सहभागिहरुले बताउछन् ।


छैठौ अधिवेशनका लागि संस्थापक पक्षबाट उमेदवार संन्दिप मोहन भट्टराई र प्रजातान्त्रिक देउवा पक्षबाट विष्णु रिजाल तथा लोप्रिय युवा नेता संन्तोष श्रेष्ठको त्रिपक्षिय उमेदवारी हुने आकलन गरिएको छ । जनसम्र्पक समितिका सस्थापक सभापति तथा एनआरएनएका अध्यक्ष चिन्तामणि सापकोटाले भट्टराईको लागि मतदाताहरु संग मत मागेको बुझिन आएको छ । 


यस्तै रिजाल पक्षमा प्रत्येक्ष सहभागिता नभए पनि पुर्व सभापति तथा एनआरएनए उपसंयोजक एकराज गिरीको समर्थन रहेको बुझिन आएको छ । युवा उमेदवारमा श्रेष्ठको पक्षमा भने युवा तथा आम समुदायको भिड बढि देखिएको छ । एनआरएनए स्पेनका पुर्व प्रवक्ता समेत रहेका श्रेष्ठ एनआरएनए आईसीसी टाक्स फोर्समा रहेर सिन्धुलीगढि पर्यटन प्रर्वद्धको लागि सिन्धुलीगढि गुरुयोजनाका सहयोगार्थ नेपाली फिल्म छक्का पन्जा तिनबाट संकलित कार्यमा सहयोगी भुमिका समेत निर्वाह गरेका थिए । 


चुनावको वेलामा उदाउने भट्टराई अन्य समयमा समाजसेवा भन्दा आफ्नो ब्यक्तिगत काममा ब्यस्त हुने तथा एनआरएनए स्पेनको पुर्व महासचिव समेत हुदा सक्रियता नदेखाएका हाल अधिवेशनमा होमिएको देख्दा बार्सिलोना बासी तिन छक परेका छन् । प्रजातान्त्रिक पक्षका रिजाल पाचौ अधिवेशनमा ईन्द्र प्रसाद शर्मा संग पराजित भएका थिए । 
रिजाल समाजमा भने एक दशक देखि सक्रिय समाजसेवामा लागि परे पनि हाल केहि वर्ष देखि निस्कृय देखिन्छन् । समितिले मार्च अन्तिम साता सम्म आफ्नो सदस्यता विब्रताका साथ वितरण गर्ने जनाएको छ ।

 

एनआरएनए स्पेनको विभिन्न समयमा कार्यसमितिमा भएर पनि भुमिगत शैलीमा बसेकाहरु पुन सक्रिय भएर जनसम्र्पक समितिको निर्वाचनमा आर्थिक चलखेलमा लागि परेका छन् । काग्रेशको महाधिवेशन प्रतिनिधि रिजाल र श्रेष्ठ हुन भने भट्टराई कार्यसमिति सदस्य मात्रै हुन । संस्थापक सभापति सापकोटा भने सकृय चलखेलमा लागेको बार्सिलोनाबासी काग्रेश समर्थकहरु बताउछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.