logo

कुरा त्यस्तो होइन यस्तो हो 

      8/1/2019 गते 00 00 मा प्रकाशित     2308   पटक पढिएको

सम्पादकज्यू,
तपाईंँले प्रकाशन गर्ने  इसीमाना डट कम  अनलाइन पत्रीकामा मिती  १९ असार मा प्रकाशित स्पेनमा मालतीको अहंकारयुक्त बबण्डर महिलाहरु त्रसित  शिर्षकको समाचार भ्रामक, कपोकल्पित र दुरासययूक्त रहेकोले यो खण्डन पठाएकी  छु। राज्यको चौथो अङको रुपमा मान्यता प्राप्त पत्रकारिता सत्य(तथ्यमा आधारित सहि सुचना र जानकारी दिएर जनतालाई सुसुचित गराउने कार्यमा जेम्मेवार भएर लाग्नु लोकतान्त्रिक ब्यवस्थामा अत्यन्त महत्वपूर्ण हुन्छ। प्राप्त कुनै पनि सुचनाको तथ्य को सत्यता जाँच्न कुनै पनि विवादित समाचार आए भने त्यसमा संगलग्न दुबै पक्षका बिचारहरु लीएर निष्पक्ष रुपले समाचार प्रकासित गर्नु पर्नेमा मसँग कुनै सम्पर्कनै नगरि एक पक्षिय रुपमा एन। आर। एन। ए। पाइस भास्को क्षेत्रिय समितिको निर्वाचनको पूर्व सन्ध्यामा मेरो उमेद्वारीलाई प्रतिकूल प्रभाव पार्ने कुत्शित उदेश्यकासाथ प्रकाशित गरिएको छर्लङ्ग छ। समाचारमा भनिएका कुनै पनि कुरा वास्तविकताको नजिक छैनन भन्ने कुरा यस क्षेत्रमा बस्ने सबै नेपालीलाई थाहा छ। उक्त समाचारमा उल्लेख गरिएकी अभिवावकका कुनै पनि सन्तान यस नेपाली पाठशालामा पढ्न आउँदैनन र बालबालिकाको मनोविज्ञानलाई ख्याल गर्दै उनिहरुको सर्वाङ्गिर्ण बिकासको लागि पढाई लेखाईका साथसाथै गीत संगीत नृत्य र खेलकुदमा पनि उत्तिकै ध्यान दिनु पर्छ भन्ने मान्यताको विपरीत समाचार प्रकाशित गरेर के सन्देस दिन खोजिएको हो । यसबाट मेरो व्यक्तिगत ईज्जत , मान प्रातिष्ठामा भएको क्षति र यसबाट म लगायत मेरो परिवार र ईष्टमित्रमा पर्न गएको मनसिक तनाबको क्षतिपुर्ति कसले भर्नेरु हाल सरकारले ल्याएको मिडिया काउन्शिल बिधेयक परिमार्जन गरिनु पर्छ र संचार जगतलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न दिइनु पर्छ कुनै पनि हस्तक्षेप हुनु हुन्न भनेर हामीले आवाज उठाइ रहँदा कुनै पनि व्यक्तिको मान, प्रतिष्ठामा आघात पार्ने एकल उदेश्यका साथ यस प्रकारका समाचार प्रकाशित गरिन्छ भने यसले अन्तत्वगोत्वा सरकारको उक्त कदमलाई नै सहयोग गर्दछ। हामीले नेपाली पाठशालालाई कसरी संचालित गरेका छौ र नेपाली समाजको पक्षमा कसरी काम गरिरहेका छौ भन्ने कुरा बुझ्न यहीँ आएर म लगायत अन्य नेपालीसँग बुझ्दा छर्लङ्ग हुन्छ।

आसा छ तपाईंले उक्त समाचारको उचित खण्डन सहित क्षमायाचना गर्नु हुनेछ। 

मालती पन्थ 
नेपाली पाठशाला 
बिल्बाओ, स्पेन
 

१९ असारमा प्रकाशीत समाचारको स्रोत र बिषयबस्तु प्रति इसीमाना डटकम प्रतिवद्ध छ । समाचारमा मालती पन्थको धारणालाई समावेश गर्न नसकिएको सत्यलाई सम्मान गर्दै उहाँको धारणा प्रकाशन गरिएको छ - सम्पादक

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.