logo

सिंधिया भाजपमा प्रवेश अठार वर्षपछि छोडे हात लिए कमलको साथ

      3/11/2020 गते 00 00 मा प्रकाशित     1597   पटक पढिएको

नयाँ दिल्ली , २८ फागुन । हिजोमात्र भारतीय कांग्रेस परित्याग गरेका युवा नेता ज्योतिरादित्य सिंधिया आज भाजपाको सदस्यता ग्रहण गर्नु भएको छ ।

 

पछिल्लो केही दिन देखी मध्य प्रदेश पार्टीको जीवनमा चलेको आन्तरिक खिचातानी वीच सिधियाले अस्ती सोमवार पार्टी बाट राजीनामा दिएका थिए । तर भारतीय कांग्रेसले भने पार्टी हित बिपरित काम गरेकोले सिंधियालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ । 

भाजपाको सदस्यता लिदै नेता सिंधियाले ब्यक्तिको जीवनमा कतिपय अवस्थामा यस्तो मोड आउछ जसले जीवनलाई परिर्वतन गर्दोरहेछ आज  म त्यही परिवेशबाट गुज्रेको छु ।

 

उहाँले भन्नु भयो दुईटा मिती मेरो जीवनमा निकै महत्वपूर्ण रहेको छे पहिलो मेरो बुवाको स्वार्गारोहण अर्को उहाँको ७५ औ जन्मजयन्तीको दिन त्यही दिन पारेर  मैले महत्वपूर्ण निर्णय लिएको छ । 

सिंधियाले भन्नु भयो जनसेवा हाम्रो लक्ष्य हुनु पर्छ भन्ने मेरो मान्यता हो र राजनीति त्यो लक्ष्य प्राप्तिको माध्यम हुनु पर्छ । मैले गएको वर्ष भारतीय कांग्रेस पार्टीको माध्यमले पूर्ण श्रद्धाका साथ प्रदेश र देशका जनताको सेवा गर्ने कोशीस गरेको थिए तर अहिले म दुखीत छु  भन्नु भयो । 


ज्योतिरादित्य सिंधियाले भन्न भयो म पुरा बिश्वासका साथ भन्छु जनसेवाको उद्धेश्य पुरा गर्न आज कांग्रेसका माध्यमले सम्भव छैन ।कांग्रेस पार्टी पहिला जे थियो अहिले त्यो छैन उहाँले भन्नु भयो कांग्रेसमा वास्तविकतालाई अस्विकार गरिन्छ र नयाँ बिचार र नयाँ नेतृत्वलाई मान्यता नदिने बिचित्रिको समस्या देखिएको छ ।

 

 आफनो प्रदेशको बिषयमा चर्चा गदै सिंधियाले भन्नु भयो गतवर्ष सरकार बन्दै गर्दा हामीले जुन सपना देखेका थियौ अहिले नै ती सपनाहरु चक्नचुर भएको छ । 

सिंधियाले राजीनामा दिएपछि  बेंगलुरुमा रहेका छ जना राज्यमंत्री सहित १९ जना बिधायकहरुले बिधन सभाबाट राजीनामा दिएका छन ।

 

यो परिघटनाका कारण मध्यप्रदेशमा कांग्रेसको सकार संकटमा परेको छ । मध्य प्रदेशमा १सय १४ जना बिधायकहरु रहेका छन । सिंधियाको पक्षमा ३० प्रतिशित बिधायक रहेको बताइएको छ । जसले गर्दा कांग्रेसको सरकार संकटमा परेको हो । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.