logo

२४ घण्टामा पचपन्न जनाको मृत्यु पछि बेलायतमा पनि लक डाउन 

      3/23/2020 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

काठमाडौं– कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बेलायतले कडा नियम लागू गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घन्टामा मात्र बेलायतमा  ५५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनको संख्या  ३ सय ३५ पुगेको छ  । ६ हजार ६ सय ५० संक्रमितको संख्या पुगेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसले नयाँ नियमको घोषणा गर्दै कडाइका साथ पालना गर्न अपिल गर्नु भएको छ । बेलायत सरकारले मानिसहरुलाई घरभित्रै बस्न भनेको छ ।

यस्तै, सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी मानिस बस्न प्रतिबन्ध लगाएको छ । अत्यावश्यक सामग्रीको खरिद, मेडिकल तथा अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

सरकारले मानिसहरुको जमघट हुने सामाजिक कार्यक्रमहरुमा पनि रोक लगाएको छ । विवाहमा पनि रोक लागेको छ । तीन सातापछि प्रतिबन्धको समीक्षा गर्ने र अवस्था हेरेर निर्णय लिने प्रधानमन्त्री जोनसनले बताउनु भएको छ ।

प्रतिबन्ध उल्लंघन गर्नेहरुलाई जरिवाना गर्ने समेत प्रधानमन्त्री जोनसनले बताउनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.