logo

स्पेनमा शवसंगै रात बिताउछन जेष्ठनागरिकहरु

मनिषा लामिछाने 

      3/26/2020 गते 00 00 मा प्रकाशित     1468   पटक पढिएको


स्पेन १३ चैत। नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण स्पेनका बद्वबृद्वाहरूले आश्रममा शव संगै रात विताउने गरेका छन् ।


कोरोना भाइरसको महामारीले विशेषगरी बृद्वाश्रमहरूमा ठूलो संख्यामा मानविय क्षति पुर्याएको छ ।
मार्च १६ मा राजधानी म्याड्रिडको एक “मोन्ते एर्मोसो” नामको बृद्वाआश्रममा एकै दिन २० जनाको मृत्यु भयो ।

 
स्पेनमा  बृद्वाआश्रमहरुमै बढी मृतकको संख्या  देखिएको छ। तथ्यांक अनुसार मृतकहरु मध्य ८७दशमलव ५० प्रतिशत ७० बर्ष भन्दा बढी उमेरका र दिर्घरोगी भएको बताइएको छ ।  ३७ देखि ३९ वर्षिय स्पेनी सुरक्षाकर्मीहरुको समेत मृत्यु भएको छ ।  करिब २ हजार जना स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको कुरा  पुष्टि भएको छ।

९ फेब्रुअरीमा  मायोर्कामा पहिलो ब्यक्तिलाई कोरोन भाइरस पोजिटिभ भेटेपछि २४ फेब्रुअरीमा कानारिया टापुको तेनेरिफेमा दोस्रो संक्रमित ब्यक्ति   फेला परेको थियो ।  स्पेनकै भ्यालेन्सिया शहरमा १३ फेब्रुअरीमा नेपाल भ्रमण गरेर फर्किएका स्पेनी नागरिकको ३ मार्चमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै खबर सार्वजनिक भएको थियो ।

स्पेनमा सबै शहरहरुको तुलनामा राजधानी म्याड्रिडमा सबैभन्दा बढी संक्रमित र मृत्युदर उच्च रहेको छ। संक्रमित र मृत्युदर दिनानुदिन बढ्दै गएपछि सरकारले पुन थप २२ मार्चको दिन थप १५ दिनको लागि संकटकाल बढाउने  प्रधानमन्त्री पेद्रो सान्चेसले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।

 संक्रमीतहरूको उपचारमा खटीने स्पेन स्वास्थ्यकर्मी बढी मात्रामा संक्रमित हुने देशमा पहिलो नम्बरमा परेको छ  । स्पेनमा  १३दशमलव५ प्रतिशत स्वास्थ्यकमी संक्रमीत भएका छन  । कोरोना भाइरसको सुरू भएको चीनमा जम्मा ४ प्रतिशत स्वास्थ्यकर्मिहरु संक्रमित भएक थिए भने इटलिमा ९ . ५ प्रतिशत छन। 

 स्पेनमा मंगलबार र बुधबार २४ घण्टामा ७३८ जनाले ज्यान गुमाए संगै आज सम्म ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाई सकेका छन् ।
अहिले सम्म जम्मा संक्रमितको संख्या ४९ हजार ५सय १५ जना छन् । उपचारपछि निको भई  ५ हजार ३ सय ६७ जना घर फर्किएको जनाइएको छ ।
मृत्यु संग ३१ सय ६६ जनाले संघर्ष गरि रहेका छन् । स्पेनका रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रमहरूमा बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएको डरलाग्दो खुलासा गरेपछि आश्रमहरूमा  सुरक्षाफौजले ब्यापक छापा मारेर सर्च अभियान चलाएको बताइएको छ । 


स्पेनमा नेपालीहरू सुरक्षित छन ः दावाफुटी शेर्पा
स्पेनमा फैलिएको कोरोना भाइरसबाट अहिले सम्म कोहि पनि नेपाली संक्रमित नभएको राजदुत शेर्पाले बताउनु भयो।
राजदुत शेर्पाले स्पेनमा भएका सबैलाई सुरक्षित घरमै बस्न र संक्रमित भए नियोगमा खबर गर्न सुचना प्रवाह भैईरहेको बताउनु भयो ।एनआरएनए ग्रान क्यानरियाका निवर्तमान अध्यक्ष गगन कुवँरले नेपालीहरुलाई समस्या परेको सूचना मिलेमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै 


स्पेन पर्यटन प्रतिनिधि एकराज गिरीले नेपाली समुदायहरूलाई घरमै बसेर स्पेन सरकारलाई सहयोग गरि आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गर्नु भएको छ । 


यस्तै क्षेत्री समाज स्पेनका संयोजक सोनु राउतले  नेपालीहरूले आपत विपतमा हो प्रवासमा सहरा खोज्ने हो त्यसका लागि आफुले संस्थागत रूपमा अभियान चलाएको दावी गर्नु भयो । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.