मनिषा लामिछाने
स्पेन १५ चैत । इटालीमा एक दिनमा ९ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ८६ हजार ४सय ९८ पुगेको छ ।
यसैगरी उपचार पछि सञ्चो भएर घर फर्किने १० हजार ९सय ५० पुगेको छ । अहिले सम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ रहेको छ ।
संक्रमण बाट सबभन्दा बढि प्रभावित लोम्बार्दिया लगायत इटालीका सबै क्षेत्रमा संक्रमण तिब्र रूपमा बढ्दै गइरहेको छ । स्थानीय समाचार माध्यमका अनुसार अहिले सम्म ४५ जना भन्दा बढी डाक्टरहरुको कोरोनाबाट मृत्यु भइसकेको छ ।
६ हजार भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । इटालीका लोम्बार्दिया लगायत बढी प्रभावित क्षेत्रका अस्पतालहरुमा डाक्टर , नर्सको कमि रहेको छ ।
बिरामी उपचारको लागि इन्टेनसिब केयरको लागि समेत बेढहरुको अभाब देखिएको छ । यसैगरी स्वास्थ्यकर्मीहरूको लागि चाहिने सुरक्षाको सामग्रीहरु र मेडिसिनहरुको कमि रहेको स्थानीय संञ्चार माध्यमहरूले जनाएको छ ।
एनआरएनए का उपाध्यक्ष छविलाल कडेलले नेपालीहरु सुरक्षीत रहेको बताउनु भएको छ । नेपालीहरुलाई समस्या नपरोस भनेर राहत कोष र टास्कफोर्स बनाएको उहाँले जानकाररुी दिनु भयो।
इटाली सरकारको नियम पालाना गर्दै सबैजना घरमा सुरक्षित बस्न एनआरएनएले विशेष अनुरोध समेत गरेको छ । इटालीयन सरकारले कोरोनाको महामारीबाट प्रभावितलाई सहयोग गर्नको लागि पहिलो चरणको सामाजिक राहतको घोषणा गरेको छ जस अन्तर्गत सम्पूर्ण बैधानिक कामधारहरुलाई ८० प्रतिसत मासिक तलब लगायत विभिन्न राहत प्याकेजहरु समेत रहेकोले केहि राहत नेपालीहरुले पनि राहत महशुस गर्दैछन ।
तपाईको प्रतिक्रिया