अमेरिकाले उत्तर कोरियाका पांच उद्योगहरुमा प्रतिबंध लगाएको छ । उत्तर कोरियाले अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइल (आइसीबीएम) समेत विभिन्न मिसाइलको परिक्षण गरेको बिषयलाई लिएर अमेरिकाले यस्तो कदम उठाएको हो ।
अमेरिकाले प्रतिवन्ध लगाएको मध्य उत्तर कोरियाको रकेट उद्योग मंत्रालय पनि परेको छ । उत्तर कोरियाले हालैमात्र आइसीबीएम को परीक्षण गरेको थियो । उसने चार वर्ष पछि लामो दुरी सम्म मार गर्न सक्ने मिसाइलको परिक्षण गरेको हो ।
संयुक्त राष्ट्र संघको एक एक रिपोर्ट अनुसार उत्तर कोरिया आफनो परमाणु क्षमता बढाउन तल्लीन छ । यद्धपी कोरोना संक्रमणका कारण उसको सीमा बन्द थियो । राष्ट्र संघको सुरुक्षा परिषदका बिशेषज्ञले आफनो वार्षिक प्रतिवेदनमा उत्तरकोरिया बारेको जानकारी सामेल गरेका छन ।
शुक्रवार जारी एक प्रतिवेदनमा उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको मतलव नराखी बिदेशबाट आफनो परमाणु एवं बैलिस्टिक मिसाइल कार्यक्रमकालागि सामग्री र प्रविधि पप्त गर्न संलग्न रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया