logo

भारतीय कांग्रेस पार्टीको अध्यक्ष खडगे निर्वाचित, लामो समय पछि गान्धी परिवारको हात बाहिर कांग्रेसको नेतृत्व

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २ गते ०८: २० मा प्रकाशित     951   पटक पढिएको

 भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता मल्लिकार्जुन खड़गे बुधवार पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन ।

 

उनले आफ्ना प्रतिद्वण्दी शशी थरुरलाई ६ हजार ८ सय २५ मत अन्तरले पराजित गरे । कांग्रेसको निर्वाचन प्राधिकरणका प्रमुख मधुसूदन मिस्त्रीले मल्लिकार्जुन खड़गे लाई निर्वाचित घोषणा गरेका थिए ।

 

उनका अनुसार खडगेलाई ७८९७ मत प्राप्त भएको थियो । थरुरलाई जम्मा १०७४ मत प्राप्त भएको थियो । मिस्त्रीका अनुसार चुनावमा ९३८५ मत खसेको थियो । यसमा ४१६ मत बदर भएको थियो ।

 

थरूरले मत परिणामको आधिकारिक घोषणा पहिला नै आफनो हार स्वीकार गरेर खडगेलाई बधाई दिएका थिए । थरुरले अन्तिम फैसला खडगेको पक्षमा रहेको बताउदै कांग्रेसको चुनावमा बिजयी हासिल गरेकोमा म उहाँलाई बधाई दिन्छु भनेका छन ।

 

उहाँ कांग्रेसको अध्यक्ष बन्नु निकै सम्मान, ठुलो जिम्मेदारीको बिषय हो खडगेले बिजयी हासिल गरेकोमा म उहाँलाई बधाई दिन्छु थरुरले भनेका छन । उनले निकै संकटपूर्ण अवस्थामा पार्टीको सफल नेतृत्व गर्नुहुने सोनीया गाँधीको ऋणी रहेका बताएका छन भने उनले राहुल गान्धी र प्रियंका गान्धीलाई धन्यवाद दिएका छन । कांग्रेसको यो निर्वाचनसंगै झण्डै अढाई दशक पछि भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार भन्दा बाहिर पुगेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.