logo

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

 इसीमाना सम्बाददाता      २०८१ असार १९ गते १७: २९ मा प्रकाशित     452   पटक पढिएको

अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको छानबिन गर्न नयाँ दिल्लीले गठन गरेको उच्चस्तरीय समितिसँग लगातार अद्यावधिकहरू खोजेको र यो मुद्दा सीधै भारत सरकारको उच्च तहमा उठाएको बताएको छ।

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

इन्डियन एक्सप्रेस अनुसार अमेरिकी उप विदेशमन्त्री कर्ट क्याम्पबेलले बुधबार भनेका छन भारतीय सहयोगीहरूले यी आरोपहरू र रिपोर्टहरूको प्रकाशमा के सम्भावित संस्थागत सुधारहरू आवश्यक छन भनेर ध्यानपूर्वक विचार गरिरहेको बिश्वास गरेका छौ ।

उनले भनेका छन नयाँदिल्लीले गठन गरेको उच्चस्तरीय समितिमा अमेरिकाले लगातार अपडेट माँगेको बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानसँगको भारत भ्रमणको केही दिनपछिको अनलाइन पत्रकार सम्मेलनमा क्याम्पबेलले भने, ‘हामीले जवाफदेहिता चाहन्छौं र यस विषयमा भारतसँग कुराकानी गरेका छौं र उनीहरूले हाम्रा सरोकारहरूलाई समर्थन गरेका छन् । हामीले निरन्तर अपडेटको लागि सोधेका छौं। यो मुद्दा सीधै भारत सरकारको उच्च नेतृत्वमा उठाइएको छ।

सुलिभान र क्याम्पबेलले गत हप्ता भारत भ्रमण गर्दा पन्नुविरुद्धको षड्यन्त्रमा संलग्न भएको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई जुन १४ मा चेक रिपब्लिकबाट अमेरिका सुपुर्दगी गरिएको थियो।


गुप्तामाथि खलिस्तानी कार्यकर्ता गुरपतवन्त सिंह पन्नु र एक भारतीय सरकारी अधिकारीको हत्यामा महत्वपूर्ण भूमिका खेलेको आरोप छ। पन्नु सिख फर जस्टिससँग सम्बद्ध छन्, एक खालिस्तानी समूह जसलाई भारतले आतंकवादी समूह घोषित गरेको छ।

पन्नुसँग अमेरिका र क्यानडाको दोहोरो नागरिकता रहेको र उनी भारतमा प्रतिबन्धित ‘सिख फर जस्टिस’ सँग सम्बन्धित छन् । भारतको केन्द्रीय गृह मन्त्रालयले पन्नुलाई आतंकवादी घोषणा गरेको छ ।


गत वर्ष अमेरिकाले पन्नुमाथिको असफल हत्या प्रयासको बारेमा भारत सरकारसँग जानकारी साझा गरेको थियो र एक भारतीय अधिकारीको कथित संलग्नताको अनुसन्धान गर्न पनि आग्रह गरेको थियो।

यसैबीच अमेरिकी अखबार द वासिङ्टन पोस्टको एक रिपोर्टमा अमेरिकी अधिकारीहरूले पन्नुको हत्याको षड्यन्त्र रचेको आरोप लगाएका अज्ञात भारतीय रिसर्च एण्ड एनालिसिस विंग का पूर्व अधिकारी हुन् र उनको नाम विक्रम यादव रहेको दाबी गरिएको थियो।

अभियोगमा यो पनि भनिएको छ कि गुप्तालाई क्यानाडाली नागरिक हरदीप सिंह निज्जरलाई मार्ने योजनाको पूर्व जानकारी थियो   जसलाई भारतले खालिस्तानी आतंकवादी घोषणा गरेको छ। निज्जरको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको दाबीले भारत–क्यानडा सम्बन्धमा निकै तनाव उत्पन्न भएको छ ।

भारतीय संचारमाध्यमको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.