logo

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियोशेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

 इसीमाना सम्वाददाता     २०८१ सावन २१ गते ०७: १२ मा प्रकाशित     498   पटक पढिएको

काठमाण्डौ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ ।


विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स१४३१ अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री हसिना र उनकी  बहिनी मुलुकमा जारी हिंसाका बीच बङ्गलादेशबाट भागेका थिए । 


स्रोतहरूका अनुसार विमान दिल्लीतर्फ गइरहेको थियो । हसिना र उनको दलका केही सदस्य उक्त विमानमा सवार रहेको बताइएको छ । विमान दिल्लीको धावनमार्गमा स्थानीय समयानुसार करिब पाँचदेखि सवा पाँचबजेको बीचमा पुगेको अनुमान गरिएको छ ।  


बङ्गलादेशको वायु सेनाको विमानले पटना पार गरेको छ र त्यसलाई उत्तर प्रदेश–बिहार सीमा नजिकै ट्र्याक गरिएको छ । स्रोतका अनुसार शीर्ष सुरक्षा अधिकारीहरूले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् र ‘सबै राडार सक्रिय भएका छन् र तिनीहरूले नजिकबाट नियालिरहेका छन् ।’


यसैबीच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरूले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् ।

शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएको देखिएको प्रोथोम अलोले बताएको छ । 


यसअघि बङ्गलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए  । सोमबार उनले  राजनीतिक सङ्क्रमणकाल जारी रहेको र अन्तरिम सरकार गठन हुने समेत बताएका छन ।

 

उनले आन्दोलमा हताहत भएका घटनाको बिषयमा पछि छानविन हुने र सेनामाथि बिश्वास राख्न अपिल गरेका छन ।सेनाध्यक्षले  (बिएनपी), जातीय पार्टी र जमात–ए–इस्लामीका प्रतिनिधिहरूसँग भेट गरेका छन । 


बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले देशवासीहरूलाई शान्त रहन आह्वान गरेका छन । उनले  एक सन्देशमा सेना प्रमुख जनरल वकार–उज–जमानसँगको भेटमा आफूहरू सहभागी भएको र भेट राम्रो भएको बताएका छन  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.