logo

संसारमै संक्रमण घटदो, ३९ लाख ३८ हजार पाँच सय ५६ जनाको मृत्यु,१८ करोड बढी संक्रमीत

      6/28/2021 गते 00 00 मा प्रकाशित     1708   पटक पढिएको

विश्वमा पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ८५ सङ्क्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भने ओरालो लाग्न थालेको छ ।

 

महामारीले अवस्था जर्जर बनाउँदा कोरोनाका कारण विश्वमा एकै दिन १४ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । विश्वभर हालसम्म ३९ लाख ३८ हजार पाँच सय ५६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।  

 

एकै दिन तीन लाख पाँच हजार सात सय ४१ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक सात लाखभन्दा बढी सङ्क्रमित विश्वमा थपिन्थे । सङ्क्रमित सङ्ख्या १८ करोड १८ लाख ४८ हजार चार सय ९३ पुगेको छ ।

 

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा एक दिनमा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा तल झरेको छ । 

अमेरिका कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ९२ जनाको मृत्यु भएको छ । एक दिनमा एक सयभन्दा कम सङ्क्रमितको मृत्यु भएपछि अमेरिकाले लगभग कोरोना महामारी नियन्त्रणमा निक्कै सफलता प्राप्त गरेको रूपमा लिइएको छ । 

महामारी उत्कर्षमा पुग्दा अमेरिकामा एक दिनमा कोरोनाका कारण दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख १९ हजार चार सय ३४ जनाको मृत्यु भइसकेको छ । 

अमेरिकामा  हालसम्म तीन करोड ४४ लाख ९४ हजार पाँच सय ७५ जना अमेरिकी नागरिकमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । 

 

सङ्क्रमितमध्ये दुई करोड ८९ लाख २७ हजार तीन सय ३५ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किएका छन् ।  ४९ लाख ४७ हजार आठ सय छ जना सङ्क्रमित उपचाररत रहेकोमा तीन हजार आठ सय ३८ जनाको अवस्था चिन्ताजनक छ । 

 

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन नौ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा पनि दैनिक मृत्यु दर घट्दै गइरहेको छ । कोरोनाको दोस्रो भेरियन्टमा विश्वमै सबैभन्दा बढी प्रभावित बनेको भारतमा एक दिनमा छ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । 

 

हालसम्म भारतमा कोरोनाबाट चार लाख ९६ हजार सात सय ६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार छ सय ४३ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिन्थे । 

त्यो सङ्ख्या अहिले क्रमस घट्दै गएर ५० हजारभन्दा तल झरेको छ । भारतमा सङ्क्रमित सङ्ख्या तीन करोड दुई लाख ७८ हजार नौ सय ६३ पुगेको छ । दुई करोड ९३ लाख दुई हजार दुई सय ६० जना सङ्क्रमणमुक्त बनिसकेका छन् । 

 पाँच लाख ७९ हजार नौ सय ४२ जना सङ्क्रमितको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । 

 

ब्राजिलमा हालसम्म कोरोनाका कारण पाँच लाख १३ हजार पाँच सय ४४ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ८४ लाख २० हजार पाँच सय ९८ पुगेको छ । एक करोड ६६ लाख १३ हजार नौ सय ९२ जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । 


१२ लाख ९३ हजार ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । संक्रमण ब्राजीलमा पनि घट्दो छ ।

बिश्वमा १६ करोड ६३ लाख ६१ हजार चार सय ९६ जना उपचारपछि निको भएका छन् । एकै दिन दुई लाख ९४ हजार चार सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् । एक करोड १५ लाख ४८ हजार चार सय ४१ जनाको उपचार जारी रहेकोमा ८० हजार चार सय ४७ जनाको अवस्था गम्भीर छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.