logo

बन्दकर्ताहरुद्वारा वीरगन्जमा दुईवटा गाडीमा तोडफोड 

      1/17/2018 गते 00 00 मा प्रकाशित     1378   पटक पढिएको

वीरगन्ज, ४ माघ । वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । वीरगन्जको बाईपास, मुर्ली, बसपार्क लगायतका स्थानमा युवा नेता महमुद अन्सारी र अकलेश साहको नेतृत्वमा बन्दकर्ताहरुले टायरबालेर प्रदर्शन गरेका छन् ।

यस्तै बन्दकर्ताहरुले बिहिबार  बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

सरकारले बुधबार सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि विभिन्न स्थानमा यसको विरोध भएको हो । वीरगन्ज राजधानी संघर्ष समिति पर्साले वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुइ साता देखि रिले अनशन बस्दै आएका थिए ।

सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि आन्दोलन थप चर्किदै गएको हो । बन्दले वीरगन्जमा बजार, पसल, उद्योग कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका साथै सार्वजनिक यातायातका सवारीसाधनहरु बन्द रहेको छ ।

सरकारले जनकपुरलाइ अस्थायी राजधानी तोक्ने निर्णय गरे लगत्तै वीरगन्जको आन्दोलनले बन्दको रुप लिएको हो । जनकपुरलाइ अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताहरुले हिजो साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनहरुमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको हो ।

आन्दोलनकारीहरुले घण्टाघर चोकमा बिहिबार साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको सरकारी जिपका साथै केहि टाटासुमो र मोटरसाइकलहरुमा तोडफोड गरेका थिए । 
यस्तै  सरकारले जनकपुरलाई अस्थायी मुकामन तोकेको विरोधमा बाराको विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ ।

वीरगन्ज संघर्ष समितिको आह्वानमा गरिएको बन्दमा लामो तथा छोटोदुरीका सवारी साधनहरु चलेका छैनन् । बन्दकर्ताहरुले वीरगन्ज कलैया सडक खण्ड र वीरगन्ज पथलैया सडकखण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज कलैयाको गण्डकमा राजकिशोर गुप्ताको नेतृत्वमा संघर्ष समितिदवारा जक्काजाम र टायर बालेर प्रदर्शन गरेको छ ।

त्यस्तै प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा कलैया वीरगन्ज सडक खण्डको प्रर्सौनीमा बन्द गरेको छ । प्रर्सौनीमा बिहान आठ बजेदेखि १० बजे सम्म दुईघण्टा बजार समेत बन्द गरेको छ । त्यस्तै गण्डक पथलैया सडकखण्डको चैनपुरमा पनि प्रदर्शन गरेको छ । सुनिल पटेलको नेतृत्वमा बिहान आठ बजेदेखि बन्द गरिएको वीरगन्ज संघर्ष समितिका सदस्य लोकेश सिहंले जानकारी दिए 


यसैबिच संघीय समाजवादी फोरमले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि आजको बन्दको पक्षमा फोरम नेपाल नरहेको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.