logo

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न,२१ सदस्यीय जिल्ला स्तरीय मोर्चा बन्ने

 इसीमाना सम्वाददाता     २०८३ भदौ ११ गते ०१: २० मा प्रकाशित     828   पटक पढिएको

वीरगन्ज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय (सात दलीय) बैठक बहुजन एकता पार्टीका पर्सा जिल्ला इन्चार्ज सन्तोष रामको अध्यक्षतामा वीरगन्जमा सम्पन्न भएको छ।

 

बैठकले मोर्चालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकबाट मोर्चामा आबद्ध प्रत्येक दलबाट समावेशी सिद्धान्तका आधारमा तीन–तीन जना सहभागी हुने गरी २१ सदस्यीय जिल्ला स्तरीय अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरिएको छ।

 

त्यसैगरी, रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग जोडदार माग गरेको छ।

 

बैठकले आगामी असोज ३ गते वीरगन्जमा मोर्चाका केन्द्रीय नेतृत्वको विशेष उपस्थितिमा आयोजना हुने भेला तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र प्रभावकारी रूपमा सफल पार्ने निर्णयसमेत गरेको छ।

 

बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दास, जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, आम जनता पार्टीका जिल्ला अध्यक्ष विश्वराज पटेल, नेपाल संघीय समाजवादी पार्टीका इन्जिनियर रागीव हुसेन, प्रलोपा नेता बालकृष्ण श्रेष्ठ, जसपा उपाध्यक्ष श्रीराम गिरी, जनमत पार्टीका जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्तालगायत नेताहरूको उपस्थिति रहेको थियो।

बैठकले अग्रगामी मोर्चालाई जिल्लामा थप सशक्त, समावेशी र जनमुखी बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.