logo

लोककल्याणकारी बिज्ञापनको रकममा आधा कटौती गर्ने सरकारी निर्णय बिरुद्ध महासंघ

 इसीमाना सम्वाददाता     २०८३ भदौ १३ गते ०८: २८ मा प्रकाशित     632   पटक पढिएको

वीरगञ्ज । भोटेकोशीको भीषण बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

 महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुटुक्क कार्यविधि संशोधन गरी रकम कटौती गर्ने सरकारी कदमको घोर भर्त्सना गरेका छन्।

 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा गत भदौ ५ गते स्वीकृत ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकाले पाउँदै आएको रकममा आधा कटौती गरिएको प्रति महासंघले कडा विरोध जनाएको हो।

 

चालू आर्थिक वर्ष २०८३/०८४ को बजेटबाटै लोककल्याणकारी विज्ञापनको कुल बजेट वृद्धि भई लागू भइसकेको अवस्थामा त्यससँग बाँझिने गरी कार्यविधि ल्याइनुले सञ्चारमाध्यमप्रतिको सरकारको अनुदार व्यवहार प्रस्ट पारेको महासंघको ठहर छ।

 

 

सरोकारवाला पक्षसँग कुनै छलफल नै नगरी सञ्चारमाध्यमको भविष्यमाथि खेलबाड गर्ने यस्तो निर्णय अत्यन्त निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ।

 

तल्लो तहका नागरिकको आवाज बाहिर ल्याउने र सरकारका कामबारे आमजनतालाई सूचित गराउने स्थानीय, प्रदेश तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने कदम कुनै पनि हालतमा स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ।

 

सञ्चारकर्मीहरूको रोजीरोटीसँग प्रत्यक्ष जोडिएको यो निर्णय तत्काल फिर्ता लिई साविककै दर कायम गर्न महासंघले सरकारसँग जोडदार माग गरेको छ।

 

 

यसका साथै अनलाइन सञ्चारमाध्यमहरूलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन आग्रह गरिएको छ।

 

महासंघले आफ्ना मागहरू अविलम्ब सम्बोधन नभए सरकारी निर्णयविरुद्ध देशव्यापी रूपमा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।

Press Release 13 bhadra copy

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.