काठमाडौँस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइयो
इसीमाना सम्वाददाता
२०८३ सावन ३० गते ०७: ४३ मा प्रकाशित
44 पटक पढिएको
काठमाण्डौ । नेपालमा रहनुभएका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा शािवार काठमाण्डौमास्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो ।
‘वन्दे मातरम’् गायनसँगै कार्यक्रमको शुभारम्भ भयो । त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रिय गान गाइयो । यसपश्चात् भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ८० औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरियो ।
सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे र ८ करोड २० लाख रुपैयाको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे ।
अवसरमा राजदूतले ८० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेताहरुलाई सम्मान गरे ।
यी प्रतियोगिताहरुमा ‘विकसित भारत’ विषयवस्तु बारे चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता समावेश थिए ।
साथै, सोही समारोहमा भारतको जानिए हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेताहरुलाई पनि सम्मान गरियो ।
दूतावासले नेपालका सातै प्रदेशमा फैलिएका २२ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्यो । यस पहलले शैक्षिक स्रोतहरुमा पहुँच बढाउने लक्ष्य राखेको छ ।
काठमाडौँमा आयोजित भारतको ८०औँ स्वतन्त्रता दिवसको उत्सवमा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्यहरु, भारतका मित्रहरुका साथै दूतावासका अधिकारीहरु र उनीहरुको परिवारको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरुले जीवन्त साँस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीतहरु पनि प्रस्तुत गरेका थिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया