काठमाण्डौ १० माघ ।
प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्।
महिला तर्फ छुट्याएको तीन कोटामा एमालेका दुई र कांग्रेसका एक महिला निर्विरोध निर्वाचित भएको प्रदेशको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।
उनले भने, ‘ उहाँहरु महिला कोटामा निर्विरोध निर्वाचित हुनु भएको छ। तर आधिकारिक घोषणा भने माघ १५ गते गर्छौ।’
यसका साथै प्रदेश नं . ५ मा राष्ट्रिय सभा निर्वाचनमा चार राजनैतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
जसमा खुल्लातर्फ ४, महिलामा ३, दलितमा २ र अपाङ्गरअल्पसंख्यकमा २ जना गरी जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया