वीरगन्ज २०माघ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले स्वास्थ्यकर्मीहरुलाइ राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको आरोप लगाएका छन । वीरगन्जमा मधेसी स्वास्थ्यकर्मी फोरम पर्साको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सांसद यादवले स्वास्थ्यकर्मीहरुको समस्या सम्बोधनका लागि सरकार इमान्दार नभएको बताएका हुन ।
संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्ष समेत रहेका सांसद यादवले स्वास्थ्यकर्मीहरुको समस्या सामधानका लागि संसदमा कुरा उठाउने प्रतिवद्धता ब्यक्त गरे ।
। मधेसी स्वास्थ्यकर्मी फोरम पर्साका अध्यक्ष राजेश प्रसाद रौनीयारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा डाक्टर लक्ष्मी गुप्ता , डाक्टर मनोज गुप्ता , डाक्टर रामशीष ठाकुर, डाक्टर महेश्वर प्रसाद कुर्मी , नेशनल हेल्थ केयर र जयसवाल फार्मेसीलाइ सम्मानीत गरिएको थियो ।
उद्घाटन समारोहमा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरि नारायण रौनीयार ,मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बाल किशोर यादव , जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राज किशोर पडित लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया