logo

बीरगंजको आन्दोलन जारी फाल्गुण दुईमा लाठी जुलुस प्रर्दशन गरिने

      2/5/2018 गते 00 00 मा प्रकाशित     1514   पटक पढिएको

बीरगंज २२  माघ । प्रदेशको राजधानी माग गर्दै आन्दोलीत बीरगंज राजधानी संघर्ष समितिले अहिले सम्मको आन्दोलनको समिक्षा गरेको छ । 
आज सम्पन्न भएको समिक्षा बैठकले आन्दोलनको नयाँ कार्यक्रम समेत तय गरेको समितिका सचिव श्याम पटेलले जानकारी दिए । आजको बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी र नेकपा माओवादीको तर्फबाट बाबुराम कौशीकको बिशेष उपस्थिति रहेको थियो । 

 


समितिले फाल्गुण २ गते सम्मकोलागि रिले अनशनलाई जारी राख्ने निर्णय गरेको छ । फाल्गुण २ गते लाठी जुलुसको प्रर्दशन र सभाको आयोजना गरिने निर्णय भएको समितिका सह संयोजक राजकुमार गुप्ताले जानकारी दिए । फाल्गुण २ गते भित्र बृहत अन्तरक्रिया कार्यक्रम गर्ने सहमती समेत भएको छ ।

 

३२ दिन देखीकाजारी रिले अनशनमा नागरिक सहभागिता बढदो छ । बीरगंज राजधानी संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघ,नेपाल बार एशोसिएशन,नेपाल पत्रकार महासंघ,सुन चाँदी ब्यवसायी संघ,नेपाल शिक्षक महासंघ,संघ संगठन, नेपाल इन्जिनियर एशोसिएशन हिन्दु परिषद,बिभिन्न राजनीतिक दलका भातृसंगठनहरु लगायतका संस्थाले एक्यवद्धता जनाएका छन । 

 


    नेपालको राजनीतिक परिर्वतनको आन्दोलनका बिभिन्न कालखण्डमा  नेतृत्वदायी भूमिका निर्वाह गरेको बीरगंजमा राजधानी हुने सम्पूर्ण पूर्वाधार हुदा समेत राजधानी घोषणा नगरेर सरकारले अन्याय गरेको यस क्षेत्रका नागरिकको बुझाई छ  ।

 


    आन्दोलनमा मधेश केन्द्रीत दलका केही नेताहरु सहभागि छन । २२ गतेको रिले अनशनमा राजपाका केन्द्रीय सदस्य रम्भा मिश्र ,उषा श्रीवास्तव लगायतका महिला नेतृहरुको सहभागिता रहेको छ । 

 

        आन्दोलनकारीहरुले कुनै पनि पार्टीको झण्डालाई बोकेका छैनन । पार्टीगत सहभागिताको अन्त्य गर्दै कालो झण्डा बोकेर उनीहरु आन्दोलनमा उत्रेका छन । सघर्ष समितिले आन्दोलनको स्वामित्व सबैले लिन सजिलो होस भनेर यस्तो गरिएको संह संयोजक गुप्ताले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.