बीरगंज, १ फाल्गुण
महान जनयुद्धको २३ औं बार्षिक उत्सवको सन्दर्भमा मंगलबार बीरगंजमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
योङ्ग कम्युनिष्ट लिगं, पर्साको अयोजनामा चित्रगुप्त मन्दिर बीरगंजमा भएको भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शहिद परिवार, जनयुद्धको क्रममा घाइते, बेपत्ता परिवालाई सम्मान प्रकट गरेका थिए ।
कार्यक्रमका सहभागि अनेरास्ववीयु क्रान्तिकारीका पर्सा जिल्ला इन्चार्ज शिवम कुमार साहले शहिद परिवार तथा घाइते, वेपता परिवारलाई सम्मान प्रकट गर्दै अबको बिद्यार्थी आन्दोलन बिद्यार्थीको पक्षमा हुनु पर्ने बताए ।
साहले बीरगंजलाई शैक्षिक हब बनाउन अबको बिद्यार्थी आन्दोलन हुनु पर्ने प्रष्ट पारे । यसका लागि सर्ब प्रथम बीरगंज बिश्वबिद्यालयको लागि जोड तोडले लाग्नु पर्ने साहले बताए ।
योङ्ग कम्युनिष्ट लिगं, पर्साका संयोजक ओमप्रकाश गुप्ताको अध्यक्षतामा र योङ्ग कम्युनिष्ट लिगंका केन्द्रिय उपाध्यक्ष ललेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका पर्सा संयोजक प्रभु् हजरा, युवा नेता अरबिन्द सिंह, नेपकपा माओबादी केन्द्रका नेता बाबुराम कौशिक, रामबाबु बैठा, बिमल पौडेल, प्रभाकर गुप्ता लगायतकाले मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया