logo

पटेर्वा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउछौ -अध्यक्ष चौधरी

      2/16/2018 गते 00 00 मा प्रकाशित     1609   पटक पढिएको

बीरगंज ४ फाल्गुण ।
पटेर्वा सुगौली गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७४/०७५ को बाँकी अवधीकोलागि करिव २४ करोड रुपैया बिनियोजन गरिएको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताए । 


    गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गाउँसभाले गाउँपालिका भित्र स्तरीय स्टेडियम,कोल्डस्टार्स पशु चिकित्सालय, गाउँपालिका भित्रका सबै नदीहरुमा पूल निर्माण गर्ने बजेट तथा नीतिमा उल्लेख गरिएको गाउँपालिका प्रमुख चौधरीले बताए । 


    रंगपुरमा रहेको बिद्यालयलाई उच्च माविको रुपमा संचालन गर्ने सबै बिद्यालयको भौतीक पूर्वाधार निर्माण गरिने पर्यटकहरुकोलागि आकर्षणको केन्द्र निर्माण गर्नकालागि या आर्थिक वर्षमा एउटा भ्यू टावर निर्माण गरिने नीति तथा कार्यक्रम पारित भएको अध्यक्ष चौधरीले बताए । 


    कार्यक्रममा बजेट तथा नीतिका बिषयमा वडा नं १ का अध्यक्ष फरमान मिया ,३ का माधव दास थारुले आफनो बिचार ब्यक्त गरेका थिए । भने बजेट बिनियोजीत कार्यक्रम वडा नं २का अध्यक्ष बिजय गैरेले प्रस्ुतत गरेका थिए ।


कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष ममता महतोले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.