logo

पहिलो वार्ता निष्कर्ष बिहिन टुङ्गियो

      2/20/2018 गते 00 00 मा प्रकाशित     3203   पटक पढिएको

वीरगञ्ज, ८ फागुन : प्रदेश नम्बर २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिती र सरकारी वार्ता टोली बीचको वार्ता बिना निष्कर्ष टुुगिंएको छ । प्रदेश सरकार र संघर्ष समितीबीच पहिलो पटक भएको सम्वाद विना निष्कर्ष टुंगिएको हो । मंगलबार बिहान वीरगञ्जमा दुई पक्षबीच सम्वाद थालनी भएको थियो । 

सम्वादमा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । तर, संघर्ष समितीले आफ्नो अडान यथावत राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । संघर्ष समितीका संयोजक सुरेन्द्र चौधरीले सरकारी टोलीले आन्दोलन स्थगित गर्न भने पनि आफूहरुले माग पुरा नभएसम्म आन्दोलन स्थगित नगर्ने बताए । संघर्ष समितीले फागुन पछि आन्दोलनलाई अझै सशक्त पार्ने चेतावनी दिएको पनि उनले बताए । 

मुख्यमन्त्री लालबाबु राउतले संघर्ष समितीसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका छन् । मन्त्री सोनलले वार्ता सकारात्मक भएको र संवादलाई निरन्तरता दिने सहमति भएको जनाए । संर्घष समितीका तर्फबाट सहसंयोजक राजकुमार गुप्ता, बसरुद्दिन अंसारी, शम्भु गुुप्ता, अरबिन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.