बीरगंज २४ फागुन ।
१०८ औ अन्तराष्ट्रीय श्रमजीवी महिला दिवसको अवसरमा बाराको क्षेत्र नं ४ प्रदेश स्तरीय भेला सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघको आयोजनामा प्रसौनीमा अन्तरक्रिया तथा भेला सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टीको जिल्ला निर्वाचन बिभागको सदस्य बीरेन्द्र प्रसाद शाह मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सुनिल पाल ,जिल्ला खेलकुद बिकासका सदस्य जयप्रकाश गुप्ता प्रसौनीका सकलदेव मुखिया ,रामबिरेन्द्र महतो महिला नेतृहरु सावरा खातुन,प्रतिमा देवी फूलवदन देवी सुनरपती देवी लगायतले महिलाहरुको हक हितको बारेमा आफनो बिचार ब्यक्त गरेका थिए ।
उनीहरुले महिलाको हितका निम्ति सम्बिधान कानूनमा सुरक्षीत रहेका अधिकारको कार्यान्वन हुनु पर्ने जोड दिए ।
कार्यक्रममा स्वागत मन्तब्य आरफा खातुन र संचालन कविता न्यौपाले गरेकी थिइन ।
भेलाले मालती कुशवाहाको अध्यक्षतमा ३१ सदस्यी अखिल नेपाल महिला संघको प्रदेश कमिटी समेत गठन भएको छ ।
कमिटीको सचिवमा कविता न्यौपाने सह सचिवमा आरफा खातुन सुनरपती देवी बविता देवी प्रतिमा देवी लगायत रहेका छन ।
तपाईको प्रतिक्रिया