logo

बिश्वकर्मा र लामाले छाडे माधव नेपालको साथ, प्रदेश २ मा बिभाजनको असर पर्न नदिने महासेठको उद्घोष

 इसीमाना सम्बाददाता     २०७८ भदौ १७ गते ०६: २७ मा प्रकाशित     827   पटक पढिएको

नेकपा एमाले बिभाजनको ठुलो प्रभाव प्रदेश नं २ मा पर्ने आकलन गरिए पनि नेकपा एमालेले त्यस्तो दवाव महशुस गर्न परेको छैन ।

 

प्रदेश सभाका सदसय रहेका सुन्दर बहादुर बिश्वकर्मा र सीता लामाले माधव नेपालको साथ छोडेका छन । बिश्वकर्मा बारा जिल्ला कमिटीका अध्यक्ष पनि हुन । बिश्वकर्मा र लामा बीरगंजा बिहिवार सम्पन्न पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागि रहेका थिए ।

 

जनकपुर स्थित निर्वाचन कार्यालयमा सोही पार्टीका केही प्रदेश सभा सदस्यले नेकपा एसमा जान सनाखत गरिरहेका बेला बिश्वकर्मा र लामा पार्टी बैठकमा सहभागि रहेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो । 


प्रदेश कमिटीको बैठकमा सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तको पनि सहभागिता रहेको थियो । यस अघि पन्त माधव झलनाथ समुहमा आवद्ध थिए । पन्तले बैठकमा आफनो ओजूर्ण मन्तब्य दिएको एक सभागीले इसीमानालाई बताए । पार्टीलाई बिभाजनको प्रभाव बाट मुक्त राख्न सबै जना क्रियाशिल हुने गराउने पन्तको प्रतिवद्धता रहेको थियो । 


 बीरगंजमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश २ को ८ वटै जिल्लामा संगठन सुदृढिकरण, संगठन बिस्तार तथा सदस्यता नविकरणमा बिशेष जोड दिने निर्णय गरेको अध्यक्ष ज्वाला साहले बताइन ।  । कार्यक्रममा ८ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन पेश गरेको थिए ।

 

बीरगंजमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले  नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश २ मा नपर्ने बताए । प्रदेश २ को बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा नेता महासेठले यस्तो दावी गरेका हुन ।

 

 

महासेठले माधव नेपालको पार्टीमा  लागेको नेताहरु फर्किने क्रम जारी रहेको जानकरी दिए । उनले दल दर्ता नै कानुन बिपरित भएको र कतिपय नेताको हस्ताक्षर नक्कली गरिएकाले दल दर्ता खारेज हुनुपर्नेमा जोड दिए   ।

 

नेता महासेठले अब एमाले झन निखारिएर आउने र  निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गरे । एमाले अहिले सम्पुर्ण शक्ति संगठन निर्माण, संगठन सुदृढिकरणमा खर्चेको बताउदै आउने चुनावमा पुनः एमाले बहुमतका साथ सरकार बनाउने दावी गरे  ।

 

 

पत्रकार सम्मेलनमा  स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल प्रदेश २ का अध्यक्ष ज्वाला साह सुमन प्याकुरेल,लिलानाथ श्रेष्ठ, निर्मला देवकोटा लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल पर्साका सह संयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको सम्मेलनको संचालन तिवारी यादवले गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.