logo

बिश्वकर्मा र लामाले छाडे माधव नेपालको साथ, प्रदेश २ मा बिभाजनको असर पर्न नदिने महासेठको उद्घोष

 इसीमाना सम्बाददाता     २०७८ भदौ १७ गते ०६: २७ मा प्रकाशित     698   पटक पढिएको

नेकपा एमाले बिभाजनको ठुलो प्रभाव प्रदेश नं २ मा पर्ने आकलन गरिए पनि नेकपा एमालेले त्यस्तो दवाव महशुस गर्न परेको छैन ।

 

प्रदेश सभाका सदसय रहेका सुन्दर बहादुर बिश्वकर्मा र सीता लामाले माधव नेपालको साथ छोडेका छन । बिश्वकर्मा बारा जिल्ला कमिटीका अध्यक्ष पनि हुन । बिश्वकर्मा र लामा बीरगंजा बिहिवार सम्पन्न पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागि रहेका थिए ।

 

जनकपुर स्थित निर्वाचन कार्यालयमा सोही पार्टीका केही प्रदेश सभा सदस्यले नेकपा एसमा जान सनाखत गरिरहेका बेला बिश्वकर्मा र लामा पार्टी बैठकमा सहभागि रहेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो । 


प्रदेश कमिटीको बैठकमा सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तको पनि सहभागिता रहेको थियो । यस अघि पन्त माधव झलनाथ समुहमा आवद्ध थिए । पन्तले बैठकमा आफनो ओजूर्ण मन्तब्य दिएको एक सभागीले इसीमानालाई बताए । पार्टीलाई बिभाजनको प्रभाव बाट मुक्त राख्न सबै जना क्रियाशिल हुने गराउने पन्तको प्रतिवद्धता रहेको थियो । 


 बीरगंजमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश २ को ८ वटै जिल्लामा संगठन सुदृढिकरण, संगठन बिस्तार तथा सदस्यता नविकरणमा बिशेष जोड दिने निर्णय गरेको अध्यक्ष ज्वाला साहले बताइन ।  । कार्यक्रममा ८ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन पेश गरेको थिए ।

 

बीरगंजमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले  नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश २ मा नपर्ने बताए । प्रदेश २ को बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा नेता महासेठले यस्तो दावी गरेका हुन ।

 

 

महासेठले माधव नेपालको पार्टीमा  लागेको नेताहरु फर्किने क्रम जारी रहेको जानकरी दिए । उनले दल दर्ता नै कानुन बिपरित भएको र कतिपय नेताको हस्ताक्षर नक्कली गरिएकाले दल दर्ता खारेज हुनुपर्नेमा जोड दिए   ।

 

नेता महासेठले अब एमाले झन निखारिएर आउने र  निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गरे । एमाले अहिले सम्पुर्ण शक्ति संगठन निर्माण, संगठन सुदृढिकरणमा खर्चेको बताउदै आउने चुनावमा पुनः एमाले बहुमतका साथ सरकार बनाउने दावी गरे  ।

 

 

पत्रकार सम्मेलनमा  स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल प्रदेश २ का अध्यक्ष ज्वाला साह सुमन प्याकुरेल,लिलानाथ श्रेष्ठ, निर्मला देवकोटा लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल पर्साका सह संयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको सम्मेलनको संचालन तिवारी यादवले गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.