दैलेखको दुल्लु नगरपालिका ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् ।
शुक्रबार भएको वडा अधिवेशनमा उनी निर्वाचित भएकी हुन । नेपाली कांग्रेसको कांग्रेसको १४ औँ महाधिवेशन हुने भएसंगै पार्टीका सबै तहको अधिवेशन हुने भएको छ ।
शुक्रवार देखी वडाहरुको अधिवेशन संगै महाविेशनको तयारी तिब्रा भएको छ । त्यही अन्तर्गत भएकोे वडा अधिवेशनमा महत वडा सभापतिमा निर्वाचित भएकी हुन् ।
नयाँ पुस्तालाई राजनीतिमा ल्याउनुपर्नै मान्यताका साथ महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत उनलाई साथ समर्थन जनाएका थिए ।
तपाईको प्रतिक्रिया