logo

छठी माईको पुजा अर्चाना गर्न सभामुख डिपी अर्याल वीरगंज आउने

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २७ गते ०९: ३९ मा प्रकाशित     39   पटक पढिएको

वीरगंज ।   प्रतिनिधि सभाका  सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार  हेटौडा हुँदै वीरगंज आउने भएका छन ।

 

रास्वपा पर्साका सभापति एव. पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य रहेका हरि (बुद्धी) पन्तले एउटा प्रेस नोट जारी गर्दै यस्तो जानकारी दिएका हुन । 


सभामुख अर्यालले आइतबार र सोमबार  वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुनेछन।

 

यस क्रममा उनले  मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ।


सभामुख अर्याल गत वर्ष पनि छठ महापर्वको अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए ।

 

त्यस अवसरमा उनले  छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। साथै, श्रद्धालु भक्तजन तथा स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए।


छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.