logo

वीरगञ्जमा जसपाको विरोध प्रदर्शन, संघियता मास्न पाइँदैन, छापामार शैली चल्दैन

 इसीमाना सम्वाददाता     २०७८ असोज १७ गते ०८: ५३ मा प्रकाशित     743   पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपाले अख्तियारको विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरुद्धमा जसपाले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको हो । 

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आर्दशनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले अख्तियार मुर्दावाद, संघियता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा गौरव हुन् लगायतका नारा लगाएका थिए । 

कोणसभालाई मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, समाजवादी मुस्लिमका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होदा, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रिय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए । 

सम्बोधनको क्रममा वक्ताहरुले अख्तियार पुर्वाग्रही भएको आरोप लगाएका थिए । मधेशी समुदायको त्याग र बलिदानीबाट प्राप्त भएका उपलब्धीहरु सहन नसकेर संघियता मास्न खोजेको वक्ताहरुको भनाई थियो । भ्रष्टाचारको मुख्य स्रोत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको बताउँदै वक्ताहरुले अख्तियारको संरचनागत परिवर्तन हुनुपर्ने आवश्यक्ता औँल्याए । 

कार्यक्रममा जसपा पर्साकी सदस्य एवम् पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । विरोध प्रदर्शनमा जसपाका केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्य, जिल्ला पदाधिकारी एवम् सदस्यहरु, जसपाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनीधि, युवा संघका केन्द्रिय, जिल्ला पदाधिकारी एवम् सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, सदस्यहरु, जसपा निकट भातृ संगठनका पदाधिकारी एवम् सदस्यहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।  

विरोध कार्यक्रमको सहजिकरण जसपा पर्साका सचिब तबरेज अहमदले गरेका थिए । जसपाले यसअघि शनिवार साँझ अख्तियारकै विरुद्धमा मसाल जुलुश प्रदर्शन गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.