logo

निर्वाचनको बेलामा मात्र निर्वाचनको स्वच्छताको कुरा गर्नु अनुचितः नागरिक समाज

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २४ गते ०७: १२ मा प्रकाशित     693   पटक पढिएको

मंसिर ४ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित वातवरणमा सम्पन्न गर्नका लागि अनुगमन प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले वीरगन्जमा आयोजना गरेको अन्तकृयात्मक छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवं इन्सेका पूर्व अध्यक्ष सुशिल प्याकुरेलले निर्वाचनको स्वच्छताका निम्ति निर्वाचन आयोगले चुनाव पछि पनि काम गरिरहनु पर्ने बताए । उनले इजरायलको उदाहरण दिदै इजरायलमा पाँच वर्षमा चारवाटा निर्वाचन भएको र त्याहाको निर्वाचन आयोग निर्वाचनकालागि जुन कुनै वेला पनि तयार रहने गरेको बताए । उनले निर्वाचन पछि निर्वाचनको बेलामा निर्वाचनको स्वच्छताको कुरा गर्नु उचित नभएको बताए ।

विगतका निर्वाचनहरु भन्दा यसपटको निर्वाचनमा पनि खासै फरकपन नदेखिएको अवस्था छ । निर्वाचन गराउने निकाय निर्वाचन आयोगका पदाधिकारीहरुको अभिव्यक्ति र कार्यशैलीले पनि निर्वाचन स्वच्छ हुनेमा आशंका पैदा भएको छ । निर्वाचन आयोगका आयुक्तहरुले दिने अभिव्यक्तिले पनि निर्वाचनको वातावरणमा नकारात्मक प्रभावहरु पार्न सक्नेतर्फ सचेत रहनु पर्नेमा प्याकु¥यालले जोड दिएका छन ।

आयुक्तहरुले विगतका निर्वाचनमा एक ट्रक मतपत्र नै गायब भएको भन्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रमहरुमा दिएको प्रसंग स्मरण गर्दै प्याकुरेलले निर्वाचन कसरी हुदो रहेछ भन्ने दृष्टान्त फेला परेको बताए ।

बरिष्ठ अधिवक्ता रामेश्वर सेढाँईले यसपटकको निर्वाचनमा प्रचार प्रसारका सामग्रीहरुमा केही कम भएपनि दलहरुले गरेका गठबन्धन र दलीय सिण्डिकेटले नागरिकले स्वच्छ जनप्रतिनिधि छान्न पाउने अवस्था भने नरहेको बताए । उनले गठबन्धनको नाममा मतदाताले आफनो प्रतिनिधि छान्न पाउने अधिकारलाई कुण्ठीत गरिएको बताए ।

उनले दलहरुकै कारणले स्वतन्त्र उम्मेदवारहरु हावी भएको र त्यस्ता व्यक्तिहरुले निर्वाचन जितेपनि नागरिकको लागि गर्ने काममा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नेमा आशंका व्यक्त गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले निर्वाचन आयोग आफैं एकपछि अर्को विवादमा मुछिएको र संवैधानिक निकायहरुमाथि नै नैतिकताको प्रश्नचिन्ह खडा भएको बताए ।

सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव गोविन्द देवकोटाले उमेदवार र राजनीतिक पार्टीलाई हेरेर एउटै प्रकृतिका घटनामा फरक फरक निणर्य र व्यवहार आयोगबाट खटिएका कर्मचारीबाट हुनुले आयोगको निष्पक्षता माथि प्रश्न उठन थालेको बताए ।

नेपाल पत्रकार महासंघका केन्दीय सदस्य केसी लामिछानेले निर्वाचन आचार संहिता कार्यान्वयनमा पर्साका सन्दर्भमा आयोग कमजोर देखिएको बताए । उनले दलहरुले शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा डिजेबाजा सहितका प्रचार र्‍याली हुनेगरेको विषयमा आयोगले कुनै चासो नदेखाएको बताए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का केन्द्रीय कार्यालयका कृष्ण गौतम, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोट, , प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघका मधेशका महासचिव श्याम बञ्जारा, पर्सा उपाध्यक्ष सुष्मा शर्मा, सदस्य कविता खड्का लगायतले पर्सा जिल्लामा भईरहेको निर्वाचनका गतिविधिहरुको बारेमा आ–आफ्ना विचार राखेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.