नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
यादवले १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन् ।
यो भन्दा अघिल्लो प्रदेश सभामा रामसरोज यादवै संसदीय दलका नेता थिए । दलको तर्फबाट नेतृत्वगर्दै सरकारमा सहभागि यादव नेता बिमलेन्द्र निधि निकट मानिन्छन ।
प्रदेशसभामा नेपाली कांग्रेसको प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सांसद छन् ।
आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश पार्टी कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो ।
तपाईको प्रतिक्रिया