logo

जसपा नेपालका प्रतिनिधिसभा प्रत्याशी डा. चौधरी कांग्रेसमा प्रवेश

 इसीमाना सम्वाददाता     २०८३ असोज २१ गते ०९: ०० मा प्रकाशित     64   पटक पढिएको

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल  बाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का सांसद पदका प्रत्याशी डा। कृपा सिन्धु प्रसाद चौधरी जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर डा. चौधरीलाई पार्टीमा स्वागत गरेका हुन।

 

डा. चौधरीको कांग्रेस प्रवेशलाई निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। उनको प्रवेशले आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संगठन थप मजबुत बन्ने पार्टीको विश्वास छ।

 

कांग्रेसले डा. चौधरीको सक्रियतासँगै निर्वाचन क्षेत्र नं. ४ मा संगठन विस्तार, कार्यकर्ता एकता, जनसम्पर्क तथा स्थानीय जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

 

डा. चौधरीको कांग्रेस प्रवेशसँगै निर्वाचन क्षेत्र नं. ४ को राजनीतिक समीकरणमा समेत प्रभाव पर्न सक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।यद्धपी डा. चोधरीको राजनीतिक जीवनको शुरुवात भने नेपाली कांग्रेसबाट भएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.